शुक्रबार, वैशाख १८, २०८३

अमेरिकीमा ७८ प्रतिशत आईसीयू बेड भरिभराउ

संयुक्त राज्य अमेरिकाको स्वास्थ्य सेवा प्रणालीले कोभिड–१९ ओमिक्रोन संस्करणको फैलावटका कारण अभूतपूर्व ओभरलोड अनुभव गरिरहेको छ।
 |  शुक्रबार, पुस १६, २०७८

रासस

रासस

शुक्रबार, पुस १६, २०७८

National life

वासिङ्टिन डीसी – संयुक्त राज्य अमेरिकाको स्वास्थ्य सेवा प्रणालीले कोभिड–१९ ओमिक्रोन संस्करणको फैलावटका कारण अभूतपूर्व ओभरलोड अनुभव गरिरहेको छ।  सघन उपचार एकाई (आईसीयू) मा ७८ प्रतिशत बेड भरिभराउ छन्।  जर्ज वासिङ्टन युनिभर्सिटी अस्पतालका प्रकोप चिकित्सा प्रमुख डा. जेम्स फिलिप्सले उक्त जनाकारी दिएका हुन्। 

यो हप्ता अमेरिकामा महामारीको रेकर्ड बनेको छ जहाँ दैनिकरूपमा कोभिड १९का घटना पाँच लाखभन्दा माथि छ। यो सँगै अस्पताल भर्ना हुने सङ्क्रमितको संख्या नाटकीय रूपमा बढेको छ। केही राज्यहरूमा लगभग तीन गुणा बढेको छ र स्वास्थ्य सेवा सुविधाहरूको प्रवाहमा जटिलता थपिएको छ।

प्रकाशित: Dec 31, 2021| 15:40 शुक्रबार, पुस १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।