आइतबार, वैशाख २०, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • सेफ सन्तोषले जिते बीबीसी मास्टरसेफको 'रिम्याच' उपाधि, निर्णायकको नेपाल आउने इच्छा

सेफ सन्तोषले जिते बीबीसी मास्टरसेफको 'रिम्याच' उपाधि, निर्णायकको नेपाल आउने इच्छा

नेपाली सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका छन्।
 |  मंगलबार, पुस १३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १३, २०७८

National life

काठमाडौं- नेपाली सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका छन्। बीबीसी वान च्यानलमा सोमबार साँझ प्रसारित फाइनलमा साहले तीन प्रतिस्पर्धीलाई उछिनेर उक्त उपाधि जितेका हुन्।

विगतका मास्टरसेफ प्रोफेसनल्स फाइनलिस्टहरुलाई पुनः अवसर दिँदै यो प्रतिस्पर्धा गराइएको थियो। प्रतिस्पर्धामा सन् २०२० का फाइनलिस्टहरु सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र सन् २०१७ का फाइनलिष्ट जेमी पार्क सहभागी थिए ।

प्रतिस्पर्धामा सन्तोषले १८ प्रकारका नेपाली ‘भेगन’ खानेकुरा प्रस्तुत गरेका थिए। दोस्रो चरणको ‘फेस्टिभ फिस्ट’ मा उनले मौलिक परिकारहरु कुखुराको तीते, बिरिया, तिलौरी, सात किसिमको तरुवा, भात, मासको दाल, गोलभेंडाको चट्नी, कटर पोलेको, मालपुवा, बुनिया जस्ता विभिन्न नेपाली परिकार प्रस्तुत गरेका थिए।

यसअघिको प्रतिस्पर्धामा तराईको खानेकुरा समेट्न नपाएको गुनासो गरेका साहले यसपटक भने त्यो इच्छा पूरा गरे। एक निर्णायकले सन्तोषको खानेकुराको तारिफ गर्दै आफूलाई पनि एकपटक नेपाल लैजान अनुरोध समेत गरेकी छन्।

बीबीसी मास्टरसेफ हस्पिटालिटी क्षेत्रमा विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो हो। गत वर्ष नेपाली खाना प्रस्तुत गरेर उपविजेता बनेका सन्तोषको चर्चा देशविदेशमा चुलिएको थियो। साहले विभिन्न मौलिक नेपाली परिकार विश्वमाझ चिनाउन सफल भएका थिए। मौलिक नेपाली खाना पारखीहरुका लागि सन्तोषले  ‘आयला’ नामक कुकबुक प्रकाशित गरेका छन्।

प्रकाशित: Dec 28, 2021| 08:10 मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।