शुक्रबार, असोज १६, २०८३

नबिल बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता

नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाइल भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।
 |  सोमबार, पुस १२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १२, २०७८

काठमाडौं– नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाइल भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले नबिल स्मार्टबैंक (मोबाईल बैंकिङ) सेवा प्रयोग गरीे खल्ती वालेटमा पैसा लोड गर्न सक्नेछन् ।

त्यस्तै नबिल बैंकका ग्राहकहरूले अब खल्तीको प्लेटफर्ममा उपलब्ध कुनै पनि प्रकारको डिजिटल भुक्तानीहरू गर्न सक्ने बैंकले जनाएको छ ।

खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टीभी रिचार्ज, Ïलाईट तथा मुभी टिकट बुकिङ, बिमा प्रिमियम तथा अनलाईन सपिङ साइटमा भुक्तानी जस्ता ६० हजार भन्दा बढी सेवाहरूको डिजिटल भुक्तानीको सेवा प्रदान गर्दै आएको जनाएको छ ।


प्रकाशित: Dec 27, 2021| 14:00 सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्