सोमबार, जेठ ७, २०८१

अब कांग्रेस नेतृत्वको कार्यशैलीमा रूपान्तरणको खाँचो

गाउँदेखि केन्द्रका तहसम्म कार्यकर्ताको कामको फाइल राख्ने, गाउँमा नजाने र सधैं नेताको घर चाहर्ने र नजिक हुन खोज्ने कार्यकर्ताप्रति नजरअन्दाज गर्ने, पार्टीको हितविपरीत जाने जोकोहीप्रति पनि निर्मम कारबाहीको व्यवस्था मिलाउनुपर्छ|
 |  आइतबार, पुस ११, २०७८

डा‍.शोभाखर कँडेल

डा‍.शोभाखर कँडेल

आइतबार, पुस ११, २०७८

नेपालका प्रमुख राजनीतिक पार्टीहरूमा उठ्ने गरेको सवाल हो रूपान्तरण र पुस्तान्तरण। एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कांग्रेसको महाधिवेशन सकिएको छ। नेकपा माओवादी केन्द्रको महाधिवेशन हुँदै छ| सबै पार्टीमा पहिलो, दोस्रो र तेस्रो पुस्ताको नेतृत्वका बारेमा प्रसस्त बहस भएको पाइन्छ| दोस्रो र तेस्रो पुस्ताले हस्तक्षेपकारी भूमिका खेल्न नसक्दा र पहिलो पुस्ता आफ्नो उत्तराधिकारीलाई हस्तान्तरण गर्न नचाहँदा यस्तो बहस हुनु स्वाभाविकै हो। अर्को कुरा नेतृत्व न त हस्तान्तरणबाट सम्भव छ न त हस्तक्षेपबाट आउँछ| यो त विधि र पद्धतिबाट स्वतः आउने कुरा हो| जुन पार्टी विधि, पद्धति, सिद्धान्त, रणनीति र कार्यनीतिमा स्पष्ट छ र व्यावहारिक रूपले कार्यान्वयन छ त्यो पार्टीमा नेतृत्व स्वतः विकसित हुन्छ| जुन पार्टीमा जिम्मेवारी, योग्यता र उत्तरदायित्वको विकास हुन्छ, नैतिकताको परिपाटी बस्छ  त्यो पार्टी दिगो र जनपक्षयीय हुन्छ|  

triton college

भर्खरै नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न भई निर्वाचन परिणाम आइसकेको छ| कांग्रेस महाधिवेशनका क्रममा रूपान्तरण, पुस्तान्तरण, सिद्धान्त र कार्यान्वयन कुरा दह्रोसँग उठे| यसै क्रममा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले 'विकृति, विसंगति र भ्रष्टाचार तह लगाई देशमा समृद्धि र सुशासन कायम गर्नुपर्ने' बताउँदै आएको प्रस‌ंग यहाँ सान्दर्भिक छ| प्रश्न उठ्छ कांग्रेसमा वैचारिक स्पष्टता नभई यो सम्भव छ? वैचारिक रुपमा स्पष्ट हुन सर्वप्रथम पार्टीमा गुटको अन्त्य हुनुपर्छ। महाधिवेशनले पनि यस्तै सन्देश दिएको छ।

चार वटा समूह बनाएर चुनाव लडे पनि महाधिवेशन प्रतिनिधि त्यतातिर लागेनन् अर्थात् गुटको राजनीतिप्रति अनिच्छा प्रकट गरेको देखियो| महाधिवेशनका अधिकांश प्रतिनिधिहरु कांग्रेसलाई नयाँ देख्न चाहन्थे| वाम गठबन्धनको चरम हस्तक्षेप र आफ्नै पार्टीमा गुटबन्दीका कारण विगत निर्वाचनमा भएको शर्मनाक पराजयबाट पार्टीलाई उठाउन चाहन्थे| नेतृत्व चयनमा होसियार हुन् चाहन्थे| नभन्दै पुस्तान्तर मात्र होइन रूपान्तरणको नाराले ठाउँ लियो| निर्वाचन परिणामले त्यो देखायो पनि|

अब प्रश्न उठ्छ, चाहे पुस्तान्तरण होस् चाहे रुपान्तरणको नारा लागोस, परम्परागत आचरणमा परिवर्तन नगरीकन नेपाली कांग्रेस अग्रगमनमा जान सक्छ? सभापतिले भने झैं नेपाली कांग्रेस पहिलो पार्टी बनेर पहिलेकै अवस्थामा पुग्छ त? के नेपाली कांग्रेसले बीपीको प्रजातान्त्रिक समाजवादको बाटोलाई आत्मसात नगरीकन निष्पक्ष र पारदर्शिताका आधारमा पार्टीको आन्तरिक लोकतन्त्र मजबुत बनाउँदै त्यागी, इमानदार र कर्तव्यनिष्ठ कार्यकर्ताको मूल्यांकन फाइल तयार गरी जिम्मेवारी दिएर पार्टी एकतालाई मजबुत पार्न सकिन्छ? अधिवेशन अवधारणात्मक वा सैद्धान्तिक, रणनीतिक वा कार्यनीतिक हिसाबले स्पष्ट भयो त? 

समग्र अधिवेशनको मूल्यांकन गर्दा नेताहरूले आ-आफ्ना एजेण्डाका रूपमा नारा, नीति तथा कार्यक्रम ल्याए पनि विधिवत रूपमा सैद्धान्तिक, रणनीतिक र कार्यनीतिक योजनाका हिसाबले प्रायः शून्य नै रह्यो| नेताहरू फगत निर्वाचन केन्द्रित रहे।  

corrent noodles
Metro Mart

जुनसुकै राजनीतिक पार्टी होस् वा संस्था उसको सिद्धान्त, विचार, रणनीति र कार्यनीति स्पष्ट हुनुपर्छ| पार्टी विचारशून्य र दिशाहीन बन्यो भने अग्रगमनमा जान सक्दैन| जनता र कार्यकर्तामा भ्रम सिर्जना हुनु जान्छ| कार्यकर्तामा सिद्धान्त, विचार, रणनीति र कार्यनीति स्पष्ट छ र पार्टीले कामको मूल्यांकन गर्छ र त्यागको कदर हुन्छ भन्ने भरपर्दो वातावरण वातावरण गर्नुपर्दछ|

यो वातावरण तयार गर्न  सिद्धान्त, विचार, रणनीतिमा स्पष्टता र निरन्तरता भएको नेता चाहिन्छ। गुटउपगुट तयार गर्ने, आफ्नो अनुकूलता नभएमा गुट परिवर्तन गर्ने, स्वार्थको राजनीति गर्ने नेताले आफूलाई सिद्धान्त, विचार र रणनीतिमा स्पष्टता राख्न सक्दैन न कि आफ्नो गुटलाई निरन्तरता दिन सक्छ| स्वार्थको भुमरीमा आफू त पर्छ नै आफ्ना समर्थकहरूलाई विश्वास दिलाएर अगाडि बढ्न सक्दैन|

गाउँदेखि केन्द्रका तहसम्म कार्यकर्ताको कामको फाइल राख्ने, गाउँमा नजाने र सधैं नेताको घर चाहर्ने र नजिक हुन खोज्ने कार्यकर्ताप्रति नजरअन्दाज गर्ने, पार्टीको हितविपरीत जाने जोकोहीप्रति पनि निर्मम कारबाहीको व्यवस्था मिलाउनुपर्छ|

पार्टी विधि र पद्धतिमा चुस्त दुरुस्त छ भने पार्टीमा सभापतिदेखि सदस्यसम्मको उत्तिकै भूमिका हुन्छ, जसले सही एजेन्डा ल्याउँछ उसको कदर गरिन्छ र गर्न सक्नेले जिम्मेवारी पाउँछ| त्यसै गरी आमकार्यकर्तामा जाने र विचारको सम्प्रेषण हुन गएमा विचार र रणनीतिका हिसाबले सम्पूर्ण रूपमा पार्टीपंक्ति चलायमान हुन्छ| हरेक कार्यकर्ता प्रतिद्वन्द्वीसँग प्रतिवाद गर्न सक्षम हुन्छ तब पार्टीले जीवन्तता प्राप्त गर्दछ| 

यो कार्यका लागि सभापतिको नेतृत्व त अनिवार्य सर्त हो| उहाँको परिपक्व विचार, दूरदर्शिता, र कार्यनीति अवश्य आवश्यक छ तर त्यसलाई अगाडि बढाउने र आफ्ना एजेन्डासमेत समावेश गरी कार्यान्वयनको जिम्मा पूर्ण कार्यसमितिलाई नै जान्छ तर विशेष भूमिका महामन्त्री र सहमहामन्त्रीको हुन्छ|

पार्टीलाई पाका मानिसको छत्रछाया र युवाहरूको कर्मशील जोशजाँगर चाहिन्छ| साँच्चै नै यसपटक संथापन वा संथापन इतर समूहलाई पराजित गर्दै धेरै युवाहरु विजयी भएका छन्| सबैका आँखा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश लगायत युवा नेतृत्वतर्फ सोझिएका छन्| न विरासत न आशीर्वाद, जनताको माझबाट उठेका हुनाले पनि उनीहरूबाट बढी आशा गरिएको हुनुपर्दछ| 

अब होस भएका पाकाहरूको सही नेतृत्व र जोश भएका युवाहरूको कर्मशीलताले नै पार्टीको भविष्य निर्धारण गर्दछ| अघिल्लो पटकको निर्वाचनको तुलनामा यो महाधिवेशन प्रतिनिधिहरुले विवेक प्रयोग गरेको पाइन्छ| एकाधबाहेक सही एजेन्डा उठाउनेहरूनै विजयको शिखर चुम्न सफल भएका छन्| पुस्तान्तरण र रूपान्तरण दुवै सवालको अभ्यास भएको छ| जनबलको ख्यालै नगरी मपाईं गर्नेहरू पाखा लागेका छन्| अब जनमतको भावनालाई मूर्तरूप दिने बला आएको छ|

पार्टीलाई विधि, पद्धति, सिद्धान्त, रणनीति र कार्यनीतिमा स्पष्ट पारी कार्यान्वयन गर्नुपर्ने र नेतृत्व स्वतः विकसित हुने परिपाटी बसाल्ने, जिम्मेवारी, योग्यता र उत्तरदायित्वको विकास गर्ने र नैतिकताको निर्मम ख्याल गर्ने पद्धतिको विकास गर्नु नितान्त आवश्यक छ| प्रतिद्वन्द्वी कमजोर भए जितिने होइन, दिगो पद्धति र जनपक्षयीय हुन आवश्यक छ|

त्यसका लागि निर्वाचनका बेला क्रियाशील सदस्यता बाँड्ने, राम्रा होइन हाम्रालाई दिने, आफ्ना परे जस्तोसुकै भए पनि स्वीकार्ने, आफ्ना नपरे राम्रालाई पनि अस्वीकार गर्ने परिपाटीको अन्त्य हुनुपर्दछ| गाउँदेखि केन्द्रका तहसम्म कार्यकर्ताको कामको फाइल राख्ने, गाउँमा नजाने र सधैं नेताको घर चाहर्ने र नजिक हुन खोज्ने कार्यकर्ताप्रति नजरअन्दाज गर्ने, पार्टीको हितविपरीत जाने जोकोहीप्रति पनि निर्मम कारबाहीको व्यवस्था मिलाउनुपर्छ| नेताहरूले कार्यकर्तालाई घरमा बोलाउने परिपाटी अन्त्य गर्नुपर्दछ| कार्यकर्ता भेटघाटका कार्यक्रम पार्टी कार्यालयमा मात्र गर्नुपर्दछ| 

उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा  महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले नेतृत्वलाई मिलाएर जान सक्छन् कि भन्ने जनविश्वास पलाएको छ|

पार्टीमा सही मूल्यांकन गर्ने परिपाटी नहुँदा पुराना कार्यकर्ता जसले संघर्षका घडीमा आफ्नो ज्यान आहूति दिन तयार भएर पार्टीलाई संगठित र क्रियाशील गर्न योगदान दिए उनीहरू पाखा लागेको अवस्थाछ किनकि धनवाद र डनवाद हावी हुँदा त्यसो हुन जान्छ| पार्टी प्रवेशको व्यवस्था हुनुपर्दछ तर निश्चित समयमा पार्टीमा काम नगरीकन जिम्मेवारी दिँदा उनीहरूमा पार्टीप्रति त्यति जिम्मेवारी बोध हुँदैन। 

अर्को कुरा नेपाली कांग्रेसको ढुकढुकी भनेका युवावर्ग हुन्| युवामुखी पार्टी बनाउनु चुनौती छ| युवाहरु विदेश पलायन भएका छन्| बाँकी युवामा राजनीतिप्रति चासो घट्दै गएको महसुस हुन्छ| ब्रेन ड्रेन खतराको घन्टी हो| खास गरी युवाको नेतृत्व गर्ने नेपाल विद्यार्थी संघ नेताहरूको चरम गुटबन्दीको सिकार भएको छ| केन्द्रदेखि गाउँ तहसम्मै नेतैपिच्छेका समूह भेटिन्छन्| कांग्रेसभन्दा पनि आफ्नो नेताको पक्षपोषण गरेमा ठाउँ पाइन्छ कि भन्ने परिपाटी छ| जबसम्म युवा वर्गलाई पार्टीमा मन, वचन र कर्मले क्रियाशील हुन उपयुक्त वातावरण मिलाउन सकिँदैन कांग्रेसको भावी कल्पना नगरे पनि हुन्छ| यो कुराबाट अन्य भ्रातृ तथा शभेच्छुक सङ्गठन पनि अछुतो छैनन्| 

अन्त्यमा पार्टीमा नेतृत्वमा रूपान्तरण र पुस्तान्तरणको कुरा होइन कार्यशैलीमा रूपान्तरणको जरुरी छ| यो कुराको जिम्मेवारी पाकाको छत्रछाया र जोशजाँगर भएका युवाको हातमा आएको छ| सबैको समन्वयमा यो कुरा सम्भव छ| उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा  महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले नेतृत्वलाई मिलाएर जान सक्छन् कि भन्ने जनविश्वास पलाएको छ| सभापतिबाट जनअपेक्षा अनुरूप छत्रछाया प्राप्त हुनेछ भन्ने अपेक्षा गरिएको छ| 

प्रकाशित: Dec 26, 2021| 09:31 आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...