शुक्रबार, असोज १६, २०८३

लगातार तेस्रो दिन पनि बढ्यो नेप्से

बिहीबार बैंकिङ, व्यापार, होटल, बीमा, उत्पादन, माइक्रोफाइनान्स र लगानी समूहको सेयर बढेको छ। विकास बैंक, फाइनान्स र जलविद्युत समूहको सेयर भने घटेको छ।
 |  बिहीबार, पुस ८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ८, २०७८

काठमाडौं- सेयर बजार परिसूचक नेप्से लगातार तेस्रो दिन पनि बढेको छ। नेप्से बिहीवार १२.५३ प्रतिशतले बढेर २५२०.२३ बिन्दुमा पुगेको छ।

बिहीबार २२९ कम्पनीका ८३ लाख २३ हजार कित्ता सेयर ४ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

बिहीबार बैंकिङ, व्यापार, होटल, बीमा, उत्पादन, माइक्रोफाइनान्स र लगानी समूहको सेयर बढेको छ। विकास बैंक, फाइनान्स र जलविद्युत समूहको सेयर भने घटेको छ।

शिखर इन्स्योरेन्स, वरुण हाइड्रो र जीवन विकास लघुवित्त कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढी कमाएका छन् भने गोर्खाज फाइनान्सको सेयर झन्डै ७ प्रतिशतले गुमाएका छन्। 

प्रकाशित: Dec 23, 2021| 15:42 बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्