शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कृषि विकास बैंकको साधारणसभा २९ पुसमा, यस्ता छन् एजेन्डा

कृषि विकास बैंकको साधारणसभा २९ पुसमा, यस्ता छन् एजेन्डा

सभामा बैंकले २० प्रतिशत बोनस सेयर र कर तिर्न एक दशमलव ०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ।
 |  बिहीबार, पुस ८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ८, २०७८

काठमाडौं- कृषि विकास बैंकले २९ पुसमा वार्षिक साधारणसभा बोलाएको छ। सभा कृषि विकास बैंकको केन्द्रीय तालिम केन्द्र, बोडे भक्तपुरमा बिहान ११ बजे भर्चुअल माध्यमबाट आयोजना हुनेछ।

सभामा बैंकले २० प्रतिशत बोनस सेयर र कर तिर्न एक दशमलव ०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ।

यस्तै, प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, अग्राधिकार सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि रहेको छ। गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल हुनेलगायतका एजेन्डा छन्।

सभा प्रयोजनका लागि बैंकले १६ देखि २९ पुससम्म बुक क्लोज गर्नेछ। यसअनुसार, १५ पुससम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र सभामा सहभागिता जनाउन तथा लाभांश प्रप्त गर्न सक्नेछन्।

प्रकाशित: Dec 23, 2021| 13:15 बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्