शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ज्योति विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

ज्योति विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

९ र १० पुसमा शुक्रबार र शनिबार परेकाले सेयर कारोबार बन्द हुनेछ। यसअनुसार, कम्पनीको लाभांश सुरक्षित गर्न आजै सेयरधनी बन्नुपर्नेछ।
 |  बिहीबार, पुस ८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ८, २०७८

काठमाडौं- बिहीबार ज्योति विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। ज्योति विकास बैंकले साधारणसभा तथा लाभांश प्रयोजनको लागि शुक्रबार बुक क्लोज गर्दै छ।

९ र १० पुसमा शुक्रबार र शनिबार परेकाले सेयर कारोबार बन्द हुनेछ। यसअनुसार, कम्पनीको लाभांश सुरक्षित गर्न आजै सेयरधनी बन्नुपर्नेछ।

ज्योति विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत बोनस सेयर र चार दशमवलव पाँच प्रतिशत नगद लाभांश वितरण गर्न २३ पुसमा वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।

प्रकाशित: Dec 23, 2021| 12:00 बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्