काठमाडौं- बिहीबार बुटवल पावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। बुटवल पावरले ११ पुसमा बुक क्लोज गर्दैछ।
९ र १० गते शुक्रबार र शनिबार परेकाले सेयर कारोबार बन्द हुनेछ। यसअनुसार, कम्पनीको लाभांश सुरक्षित गर्न आजै सेयरधनी बन्नुपर्नेछ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्न २६ पुसमा वार्षिक साधारणसभा आह्वान गरेको छ। सभा कम्पनीको रजिष्टर्ड कार्यालय वानेश्वर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।