शुक्रबार, असोज १६, २०८३

सुनको मूल्य तोलामा ७०० ले बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएकोमा बिहीबार सात सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएको हो।
 |  बिहीबार, पुस ८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ८, २०७८

काठमाडौं- साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएकोमा बिहीबार सात सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएको हो।

बिहीबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७९ हजार ६० रुपैयाँ कायम भएको महसंघले जनाएको छ। 

बिहीबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको छ। हिजो बुधबार चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँ कायम भएको थियो। त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ८० रुपैयाँ कायम भएको महसंघले जनाएको छ।

प्रकाशित: Dec 23, 2021| 11:29 बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्