शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

अर्जुन दासको हत्यारा पहिचानमा अडियो बन्यो क्लु

डियोमा आफूलाई मनोज बताउने युवकले एक जनाको घाँटी छिनालेर आफू भारततिर फरार रहेको बताएको सुन्न सकिन्छ। एसपी अधिकारीका अनुसार आफूलाई मनोज भनेर परिचित गराउने व्यक्ति दासकै छिमेकी मनोज भण्डारी हुन्।
 |  सोमबार, पुस ५, २०७८
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

सोमबार, पुस ५, २०७८

काठमाडौं- कैलालीको जानकी गाउँपालिका-९ का अर्जुन दासको हत्यारा पहिचान गर्न प्रहरीले अडियोको सहायता लिएको छ। हत्या भएको तीन दिन बित्दा पनि शव उठाउन नसकेको प्रहरीले दोषीको पहिचान गर्न अडियोको सहायता लिनुपरेको हो। घटनामा संलग्न भएको शंका प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

triton college

दासको शनिबार विभत्स हत्यापछि मोबाइलमा रेकर्ड गरिएको अडियो बाहिरिएको थियो। अडियोमा दुई युवकबीच भएको फोन रेकर्ड सुन्न सकिन्छ। उक्त कुराकानीलाई आधार मान्दा पनि दासका छिमेकी युवकबाट नै हत्या भएको हुन सक्ने अनुमान प्रहरीको छ। 

फोन रेकर्ड मृतककी पत्नीबाट बरामद भएको प्रहरीले जनाएको छ। मृतककी पत्नीलाई फोन रेकर्ड पठाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरिसके पनि उनको पहिचान खुलाइएको छैन। कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले प्रहरी अनुसन्धान अपराधीको नजिक पुगेको बताए। हत्यापछि बाहिरिएको अडियोकै सहायतामा प्रहरी अपराधी नजिक पुगेको उनको भनाइ छ।

दोषी पहिचान नहुँदा आफन्तले शव उठाउन दिएका छैनन्। अर्जुनको घाँटी काटिएको शव जंगलमा छ। प्रहरीले मुचुल्का उठाउन सकेको छैन। आफन्तले शव फेला परेको स्थानलाई घेराउ गरेर बसेका छन्।  २५ वर्षीय दासको शनिबार अमरावती सामुदायिक वनमा घाँटी रेटेर टाउको अलग पारिएको अवस्थामा शव फेला परेको थियो।

आफन्तले शव उठाउन नदिएकाले मुचुल्का उठाउने तथा पोस्टमार्टम गर्न नसकिएको एसपी अधिकारीले बताए। उनले भने, 'पोस्टमार्टम नगरीकन हत्याका सम्बन्धमा थप केही बताउन मिल्दैन।' शव उठाउने विषयमा मृतकका आफन्तसँग वार्ता जारी रहेको उनले बताए। आफन्त भने संघर्ष समिति नै गठन गरेर आन्दोलित छन्। प्रहरीले आफूहरू हत्याराको नजिक पुगिसकेको भन्दै शव उठाउन दिन आग्रह गरेको छ।

Metro Mart
vianet

फोन रेकर्डमा आफूलाई मनोज भनेर परिचय गराएका युवकले एकजनाको घाँटी रेटेर टाउको छिनालिएको बताएका छन्। उक्त अडियोमा आफूलाई मनोज बताउने युवकले एक जनाको घाँटी छिनालेर आफू भारततिर फरार रहेको बताएको सुन्न सकिन्छ। एसपी अधिकारीका अनुसार आफूलाई मनोज भनेर परिचित गराउने व्यक्ति दासकै छिमेकी मनोज भण्डारी हुन्। पक्राउ परेका व्यक्ति भने भण्डारी नरहेको एक स्थानीयले जानकारी दिए। उनले प्रहरी अनुसन्धानमा असर नपुगोस् भनेर अहिले नाम खुलाउन नचाहेको बताए।

मृतकको घरबाट दुई किलोमिटरको दूरीमा अमरावती प्रहरी चौकी छ। प्रहरीले बिहान करिब तीन बजेतिर घटना भएको अनुमान गरेको छ। 

'गाउँमा हामीले लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलायौं। सडक नाटक गर्‍यौं। प्रहरीको सहयोगमा केहीलाई कारबाही पनि गर्न लगायौं। तर, केही व्यक्तिमा सुधार नै आएन।' 

इलाका प्रहरी कार्यालयका असई सुरत बोहराले स्थानीयले नसघाउँदा अनुसन्धानमा अप्ठ्यारो भइरहेको बताए। 'दोषी उम्किन पाउनु हुँदैन। प्रहरीलाई सघाउनुपर्छ। लास नै उठाउन नदिने भन्ने हुँदैन। पोस्टमार्टमका लागि पठाउनुपर्छ,' उनले भने।

लागऔषध प्रयोगकर्ताको संलग्नता रहेको आशंका

वडाध्यक्ष खगेन्द्र भण्डारीले दासको विभत्स हत्यापछि गाउँ त्रसित रहेको बताए। गाउँमा केही युवा लागूऔषध प्रयोगकर्ता रहेको र उनीहरू हत्यामा संलग्न भएको हुन सक्ने उनको अनुमान छ। मृतक दास पनि लागूऔषध प्रयोकर्तासमेत रहेको वडाध्यक्ष भण्डारी बताउँछन्। आफूहरूले उनीहरूलाई पटक-पटक सम्झाउने गरेको उनले बताए। 'गाउँमा हामीले लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलायौं। सडक नाटक गर्‍यौं। प्रहरीको सहयोगमा केहीलाई कारबाही पनि गर्न लगायौं। तर, केही व्यक्तिमा सुधार नै आएन,' उनले भने। 

घटनास्थलमा चाउचाउका खोस्टा र ट्याब्लेटसमेत फेला परेकाले सबै जना सहमतिमै जंगल पुगेको र विवाद हुँदा हत्या भएको हुन सक्ने अनुमान गरिएको छ। मृतकको घरबाट घटनास्थल डेढ किलोमिटरको दूरीमा छ।

'अहिलेसम्मको घटनाक्रम हेर्ने हो भने अपराध चिनेजानेकै व्यक्तिबाट भएको जस्तो देखिन्छ। पक्राउ परेका व्यक्तिलाई हामी सबैले चिनेका छौं। प्रहरीको अनुसन्धानमा असर पर्ने भएकाले अहिले नाम नभनौं,' वडा सदस्य भण्डारीले भने। 

उनले मोबाइलका कारण घटना भएको हुन सक्ने बताए। मृतकको समूहका एक जनाको मोबाइल चोरी भएको थियो। त्यो मोबाइल साथीहरूबाट फिर्तासमेत भइसकेको छ। 'फिर्ता भएको मोबाइलको सिम तोडिएको थियो। त्यसपछि उक्त समूहका एक जना आक्रोशित बनेका थिए। त्यही प्रकरणले विवादको रुप लिँदा हत्या भएको हुन सक्ने अनुमान छ। फोन रेकर्डलाई आधार मान्दा पनि त्यही देखिन्छ,' भण्डारी भन्छन्। उनले हत्यामा संलग्न व्यक्ति मृतकको नजिकैका हुन सक्ने बताएका छन्। 

दास सामान्य आर्थिक अवस्था भएका व्यक्ति हुन्। उनको गाउँमा कसैसँग पनि दुश्मनी थिएन। उनका बुवा, आमा र दाइ भारतमा रोजगारीका लागि बस्दै आएका छन्। घरमा उनका पत्नी, छोरी र भाउजू थिए। जंगलमा घाँस काट्न गएका महिलाले शव देखेर प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको हो।

जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरी भने प्रहरी प्रशासन कमजोर बनेकै कारण दिनहुँ जिल्लाको पूर्वी क्षेत्रमा अपराधका घटना बढिरहको बताउँछन्। उनले प्रहरी प्रशासनले सुरक्षाको प्रत्याभूति नदिलाउँदा यस्ता घटना दोहोरिन सक्ने भन्दै चिन्ता व्यक्त गरे।

जिल्लाको पूर्वी क्षेत्रमा आपराधिक घटना बढेसँगै स्थानीय सर्वसाधारण भने चिन्तित बनेका छन्। एकपछि अर्को गर्दै व्यक्ति हत्याका विभत्स घटना सार्वजनिक हुन थालेपछि जनतामा त्रास बढेको हो। टीकापुर, लम्की, चिसापनी र जानकी गाउँपालिकासहित वरपरका क्षेत्रमा पछिल्लो पाँच महिनामा जघन्य हत्याका घटना भएका छन्।

साउनमा कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ का साढे तीन वर्षका बालक विवेक विष्टको हत्या भएको थियो। गत कात्तिक १२ गते टीकापुरमै १८ वर्षीय अनुप साउदको छुरा प्रहार गरी हत्या गरिएको थियो। कात्तिकमै मोहन्याल गाउँपालिकामा पनि एक युवकले स्थानीय पसलेको हत्या गरेका थिए। कात्तिक २३ गते लम्कीका २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या गरिएको थियो।

प्रकाशित: Dec 20, 2021| 14:15 सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।