बिहीबार, वैशाख २०, २०८१

गुट, फुट, झूठ, चुट

हातमा आइफोन त्यो पनि ९ प्लस भएर के गर्नु? हाम्रो संस्कार र संस्कृति उही छ। समस्या समाधान हैन, समाधानमा समस्या उब्जाउनेहरुको बिगबिगी बढ्दो छ।
 |  बुधबार, मंसिर २९, २०७८

संकेत कोइराला

संकेत कोइराला

बुधबार, मंसिर २९, २०७८

‘नेपालमा कस्तो स्थिति छ भने, को देशभक्त नेपाली हो? त्यहाँ कोही हिन्दुस्तानवादी छन्, कोही चीनवादी होलान्, कोही अरुवादी। म स्वदेश फर्कने कुरामा चीनवादी खुशी छन् रे। भारतवादी खुशी छैनन् रे। एउटा चीनवादीले त मसित भने- भारतको विरोधमा बोल्छौ भने हामीहरु सहयोग गर्छौं।

triton college

भारतको सम्बन्धमा तटस्थ रहन्छौ भने हामी पनि तटस्थ रहन्छौं। र भारतको समर्थन गर्छौ भने हामीहरु विरोध गर्छौं। अर्थात, उनीहरु म स्वदेश जाने कुरालाई नेपालको सम्बन्धमा विचार गर्दैनन्। चीन भारतका बीचमा मेरो कस्तो भूमिका हुन्छ, त्यो सोच्छन्।

एउटा राजावादीले त के सम्म भनेछ भने भारतलाई गाली गर्छ भने हामी उ स्वदेश आउने कुराको समर्थन गर्छौं, होइन भने विरोध गर्छौं। मानौं, नेपालीहरु अमेरिका वा चीन वा भारतको दलालजस्तो भइरहेका छन्।’ बीपी कोइरालाले आजभन्दा चार दशकअघि गरेको राजनीतिक प्रक्षेपण काटिकुटी जस्ताको तस्तै अहिलेको अवस्थासंग मेल खान्छ। अदालतलाई दिएको बयानमा बीपी त्रास नमानी तात्कालिन परिस्थितिको मूल्यांकन गरी राखेका धारणा हुन् यी। 

नेपाली राजनीतिमा देखिएको यसखाले बेइमानी भाइरसको एन्टी भाइरस आजसम्म पत्तो लागेको छैन्। बिल गेट्सले नेपालमै सफ्टवेयर कम्पनी सारे पनि त्यसको उपचार सम्भव देखिदैन। मान्छेको विकल्प मान्छे नै हो। तर हामीभित्र शरणार्थी मानसिकता हावी हुँदा धोका, निरासा र अविश्वास एक पुस्ताले अर्को पुस्तालाई हस्तान्तरण गर्ने कोसेली बनेको छ।

जब दलहरु सरकारमा सामेल हुन्छ, त्यसपछि पनि घट्ना परिघट्ना श्रृंखलाले विश्राम पाउँदैनन्। आफ्नै सहकर्मीहरुको गतिविधिबाट हायल कायल भएका बीपी आजभन्दा ६६ बर्षअघि कांग्रेस बैठकमा दिक्दार हुँदै भन्दै थिए-  ‘लौ सुन! नयाँ सरकार बनेको एक हप्ता पनि भएको छैन, अहिले देखि नै नारा जुलुस। पहिले सरकारलाई काम गर्न दिनुपर्छ।अनि उसको काम हेरेर समर्थन या विरोध गर्नुपर्छ। सबैलाई मन्त्री पद चाहिएको छ। यो कसरी सम्भव छ? आज यहाँ बैठकमा के के हुनेवाला छ, मलाई थाहा हुँदैन। तर मोहनशमशेरलाई थाहा हुन्छ।’ 

घडीको पेन्डुलम जतिसुकै हल्लियोस् न, नेपालमा घुम्ने राजनीतिक दृश्य घट्ट घुमेजस्तै हो। जुन घुमाइले कुनै यात्रा तय गर्न सक्दैन। २०१५ सालमा भएको नेपालको पहिलो संसदीय चुनावमा नेपाली कांग्रेसले दुई तिहाई स्थान हात पार्‍यो। यो जीतसंगै बीपी प्रधानमन्त्री भए।

corrent noodles
Metro Mart

सूर्यप्रसाद उपाध्याय सर्वशक्तिमान गृहमन्त्री बनाइए। २०१७ सालको राजनीतिक ‘कू’ पछि प्रधानमन्त्री लगायत थुप्रै नेताहरु जेलका पाहुना भए। तर त्यही सरकारका शक्तिशाली गृहमन्त्री उपाध्यायले दलहरु विरुद्ध राजाको प्रायोजनमा भएको बुद्धिजीवी भेलालाई सम्बोधन गर्दै भनेका थिए- ‘प्रजातन्त्रका लागि विदेशी भूमिमा लड्नेहरु अराष्ट्रिय तत्व हुन्। देशबाहिर बसेर यहाँभित्र अशान्ति गर्नेहरुलाई देश फर्काउने प्रयास गरिनु पर्छ। यदि मानेनन् भने नागरिकताबाट च्यूत गरिनुपर्छ।’ जुन सभाको अध्यक्षता नेपालको सवैभन्दा पुरानो पार्टीका खाँटी नेता टंकप्रसाद आचार्यले गरेका थिए। 

दुर्भाग्य भन्नुपर्छ– आजसम्म देशको केन्द्रीय राजनीतिमा राष्ट्रिय हितका विषयमा कहिल्यै गम्भीर बहस नै भएको छैन। निसन्देह व्यक्ति असल आए होलान तर समग्र राजनीति गुट, फुट, झूट र चुटबाट कहिल्यै माथि उठ्न सकेन।

नेपाली राजनीतिमा देखिएको यसखाले बेइमानी भाइरसको एन्टी भाइरस आजसम्म पत्तो लागेको छैन्। बिल गेट्सले नेपालमै सफ्टवेयर कम्पनी सारे पनि त्यसको उपचार सम्भव देखिदैन। मान्छेको विकल्प मान्छे नै हो। तर हामीभित्र शरणार्थी मानसिकता हावी हुँदा धोका, निरासा र अविश्वास एक पुस्ताले अर्को पुस्तालाई हस्तान्तरण गर्ने कोसेली बनेको छ।

थोरोले भनेका छन- ‘मान्छे आफ्ना औजारको औजार भएको छ।’ हामी त अझ महाऔजार भएका छौं। निश्चय नै नयाँ पात पुरानो पातसंगै झर्न बनेको हुँदैन्। तर लछारेरै किन नहोस, कसैको भविष्य सुरक्षित हुन नदिने खेलले पुस्तौनी घर गर्दै आएको छ। जनताको जीवनस्तरमा परिवर्तन ल्याउन न कुनै राजनीतिक तन्त्र हुन्छ, न झारफुके मन्त्र। विश्वले प्रमाणित गरेको विकास गर्ने एउटै सूत्र भनेको दृढ इच्छाशक्ति हो। सिद्धान्तको आधारमा सत्यलाई हैन, सत्यको आधारमा सिद्धान्तलाई हेर्नुपर्छ।

यस सन्दर्भमा एक समाज सुधारकको अनुभव सापेक्षिक छ। उनले लेखेका छन्- ‘मैले दुनियाँको हित गरौं भने मन्दिर बनाएँ। मलाई सुरुमा ठुलो काम गरें भन्ने लाग्यो। म हेर्दै गएँ त्यहाँ त हिन्दुहरु मात्र पो जाँदा रहेछन्। मलाई मन परेन। त्यसैलाई भत्काएर चर्च बनाएँ। त्यसपछि त मुसलमान आगो भए। म हैरान भएँ। यत्तिक्कैमा मलाई एउटा उपाय सुझ्यो- ‘म शौचालय किन नबनाउँ?’ मैले त्यसैलाई शौचालयमा रुपान्तरणा गरें। मैले देखिरहेको छु- के हिन्दु, के मुसलमान, के क्रिश्चियन सवै जान थालेका छन्। यो कामले भने मलाई चाहे जस्तो सन्तुष्टि दियो।’ 

दुर्भाग्य भन्नुपर्छ– आजसम्म देशको केन्द्रीय राजनीतिमा राष्ट्रिय हितका विषयमा कहिल्यै गम्भीर बहस नै भएको छैन। निसन्देह व्यक्ति असल आए होलान तर समग्र राजनीति गुट, फुट, झूट र चुटबाट कहिल्यै माथि उठ्न सकेन।

त्यसैले हामी मिलेर प्रजातन्त्र जोगाऔं। म हृदयदेखि भन्छु– हामीले बाघलाई परिबन्दमा पारेर दाह्रा नङ्ग्रा निकालेर राखेका छौं। तपाईंहरुले अझ दाह्रा, नङ्ग्रा थपेर छोडिदिनु भयो। हामीलाई खाने बाघले तपाईंहरुलाई पनि खान्छ।’ 

अरु त अरु सिंगो नेपाली कांग्रेसको आर्थिक बोझ उठाउने कांग्रेसका शीर्ष नेता मध्येका एक जो मुलुकको पहिलो अर्थमन्त्री पनि थिए, सुवर्णशम्शेरप्रति बीपीले मूल्यांकन गर्दै कुनै एक प्रसंगमा भनेका छन्- ‘हिन्दुस्तानले सुवर्णशम्शेरलाई जति मद्दत गरेको थियो, त्यति त कसैलाई गर्नै सक्दैन, तपाईं झुकेर मिल्नुभयो भने पनि। त्यसको परिणाम के भयो? कति बलियो हुनुभयो? हिन्दुस्तानसंग त्यसरी जोल्टिएर बस्दा पनि हिन्दुस्तानले गरेको तमाम मद्दतबाट के भयो? उहाँ शक्तिको नजिक जानुभयो भन्ने मलाई लागेन। उहाँसंग पैसा थियो, त्यसैले केही कार्यकर्तालाई पालेर राख्नुभयो। राजनीतिक उपलब्धि त उहाँसंग क्यै देखिएन। त्यसो हुनाले अरुमाथि निर्भर भएर हामीले राजनीति गर्नुपर्छ भन्ने म मान्दिन।’ इतिहासका यस्ता ऐनामा एकपटक मात्र पनि वर्तमान पुस्ताका राजनीतिकर्मीहरुले हेरिदिने हो भने धेरै समस्या निदान हुने निश्चित छैन।

चित पल्टिए पनि, पोट पल्टिए पनि स्वीकार्ने हो भने डोकोको कथाभन्दा माथि नउठ्ने अवस्था प्रतिक्षा गर्नु बाहेक अरु विकल्प बाँच्दैन। बरु डोको सुरक्षित राखे पुग्छ, राजनीतिमा मिल्काउन सन्तान चाहिँदैन, अरुले नै ओखती गरिदिन्छन्। फलाम अरुका कारण नभएर आफूभित्रबाटै निस्किएको खियाबाट सिद्दिन्छ। 

२००७ सालको क्रान्तिपछि उब्जाइएको खुकुरी दलले त दिउँसै मन्दिरका टुँडाल समेत बाँकी नराखेको इतिहासमा उल्लेख छ।  खुकुरी दल आतंक मच्चाउँथ्यो, सरकार बद्नाम हुँदै जान्थ्यो। उसको आतंक यतिसम्म अराजक थियो कि नाङ्गो खुकुरी नचाउँदै गृहमन्त्री बीपीलाई समेत ठुन्क्याउन पुगेको थियो। क्रान्ति सफल भएपछि के गर्ने र के नगर्ने भनेर विवेक गुमाएका नेताहरुले प्रधानमन्त्रीको सुरक्षामा रहेको बिजुली गारत राजदरबार सार्ने निर्णय गरिदिए।

यो निर्णय कार्यान्वयन हुनासाथ नेताहरुको मूलघरजस्तो रहेको दरबार एकाएक भीर र भैंसी जस्तो विपरीत हुनपुग्यो। दरबारमा बोलाएर नेताहरुलाई खानपिन गराउने मात्र होइन, चुरोट सम्म सल्काएर खातिरदारी गर्ने राजा दुर्लभ बन्दै गए। त्यहींबाट राजनीतिमा राजा र रैतीको सूत्रपात भयो। यो देखेपछि मोहनशम्शेरले बीपीसंग भनेका थिए- ‘तपाईं पटनामा पढेर स्नातक हुनुभयो। नेपालको शासन व्यवस्थाको ज्ञान त्यति भइसकेको छैन। हामीले सय वर्षदेखि मुलुकको शासन व्यवस्था चलाउँदै आएका छौं। देशभरका मानिस चिनेका, चलाएका छौं।

त्यसैले हामी मिलेर प्रजातन्त्र जोगाऔं। म हृदयदेखि भन्छु– हामीले बाघलाई परिबन्दमा पारेर दाह्रा नङ्ग्रा निकालेर राखेका छौं। तपाईंहरुले अझ दाह्रा, नङ्ग्रा थपेर छोडिदिनु भयो। हामीलाई खाने बाघले तपाईंहरुलाई पनि खान्छ।’ 

हातमा आइफोन त्यो पनि ९ प्लस भएर के गर्नु? हाम्रो संस्कार र संस्कृति उही छ। समस्या समाधान हैन, समाधानमा समस्या उब्जाउनेहरुको बिगबिगी बढ्दो छ। 

कालान्तरमा मोहनशम्शेरले भने जस्तै भयो। नाराले आगो बाल्ने भगीरथ प्रयास भए। तर आगो बाल्ने भनेको नाराले होइन, इन्धनले हो। घाँस काट्न, दाउरा चिर्न, ढिंडो खान त सीप चाहिन्छ भने सरकार चलाउन र राजनीति गर्न केही जान्नु नपर्ने बुझाईका कारण राज्य सञ्चालनका विधि विधान कमजोर भए। अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई स्वभावतः नालायक ठान्यो। तर यति धेरै नालायक ठाान्यो कि ६० वर्षे मानिस नातिको माध्यमबाट कलेजको परिचयपत्र देखाएर गाडी भाडाको सहुलियत सुविधा असुल्न थाल्यो। यो पनि समाजमा फैलिदै गएको आपराधिकरणको नमूना हो। 

बदमासी अहिले मात्र भएको होइन। तर भएका बदमासी सच्याउने काम नहुँदा बेइमानीको संस्कृति पहाड भएर उभियो। २०११ सालमा राजा त्रिभुवनले बुद्धिजीवीहरुको छनोट गरी सल्लाहकार सभा गठन गरेका थिए। जसको एक सदस्य थिए- महाकवि लक्ष्मीप्रसाद देवकोटा। हिउँदको समय थियो। त्यसदिन देवकोटा कालो ओभरकोट लगाएर सिंदरबारस्थित संसद गएका थिए। त्यसदिन हतारमा रहेका देवकोटाले हातमा पट्याएर राखेको कोट सभासदहरुले हाजिर गर्ने ठाउँमा रहेको टेबुलमा छोडे।

हतारमा हाजिर गरेपछि उनी उतैबाट बाहिरिए। शरीरमा चिसो बढेपछि देवकोटा कोट लिन सिंहदरबार पसे। तर राखेको टेबलमा कोट थिएन। देशभरिका वुद्धिजीवी बर्गले प्रतिनिधित्व गरेको ठाउँ, जहाँ चौबीसै घण्टा पाले पहराको व्यवस्था छ, त्यहाँबाट एउटा वरिष्ठ व्यक्तित्वको कोट हरायो। बाहिर निस्किएपछि एकजना सदस्यले दुख व्यक्त गर्दै देवकोटालाई सोधेका थिए- ‘देवकोटाज्यू , कति परेको थियो त्यो कोटको?’ देवकोटाले हाँस्तै जवाफ दिए- ‘कोटको मूल्य छोडिदिनोस् न। प्रश्न त यहाँ नैतिक मूल्यको हो। देशको विधायिकाको सदनबाट एउटा साधारण कुरा चोरी भयो। यो नेपालीकै लागि निक्कै लज्जास्पद कुरा हो। म कोटको पीरले होइन, नेपालीको नैतिक बल गिरेकोमा बढता पिरोलिएको छु। हामी कहिले मान्छे बनौंला?’ 

देवकोटाले उठाएको नैतिकताको प्रश्न झन्झन् पेचिलो बन्दै गएको छ। पहिला त छोडिएको कोट हरायो, अहिले त हाकिमले चलाउँदै गरेको ल्यापटपदेखि फूल फुल्दै गरेको गमला समेत हराउने गरेको समाचार आउने गरेका छन्। काँटा चम्चा कति हराउँदा हुन, त्यसको हिसाव किताब नै छैन। हातमा आइफोन त्यो पनि ९ प्लस भएर के गर्नु? हाम्रो संस्कार र संस्कृति उही छ। समस्या समाधान हैन, समाधानमा समस्या उब्जाउनेहरुको बिगबिगी बढ्दो छ। 

घटनाक्रमले देखाउँछ- हाम्रा राजनीतिज्ञहरु मान्छे कम, रोर्बट ज्यादा देखिए। द्वितीय विश्वयुद्धमा गुन लगाएको मुलुकमा भर्खरै त्यहाँकी चान्सलर एन्जेला मर्केलले १६ वर्षपछि विदाई लिइन। सम्पूर्ण जर्मन नागरिकले अश्रुपूर्ण हुँदै विदाइ गरे। छिमेकी भारतका सरकार प्रमुख मोदी नयाँ नयाँ विकासका फण्डा ल्याइरहेका छन्। उनीप्रति जनताको स्नेह बढ्दो छ।

हामी चाहिँ पूर्वप्रधानमन्त्रीको लहरमा हौसिएका छौं। यसैगरी उत्तरको छिमेकी देशले स्वाभिमानको परिचय दिएर देशमा अभूतपूर्व परिवर्तन ल्याएका बेला हामीले पनि आफू जन्मिएको माटो हातमा लिएर मन र मस्तिष्कले निर्णय गर्ने बेला आएन र? नत्र घोडाभन्दा बग्गी अगाडिको उल्टो अवस्था नआउला भन्न सकिन्न। 

प्रकाशित: Dec 15, 2021| 07:25 बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...