शुक्रबार, असोज १६, २०८३

सुनको मूल्य तोलामा तीन सयले बढ्यो

तेजाबी सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएको छ। तेजाबी सुन प्रति १० ग्राम ७९ हजार एक सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
 |  मंगलबार, मंसिर २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं- मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार पाँच सय कायम भएकोमा मंगलबार तीन सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार आठ सय कायम भएको हो।

तेजाबी सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएको छ। तेजाबी सुन प्रति १० ग्राम ७९ हजार एक सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। 

मंगलबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार २१० रुपैयाँ कायम भएको महसंघले जनाएको छ।

प्रकाशित: Dec 14, 2021| 11:52 मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्