काठमाडौं– नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा आज सोमबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान भइरहेको छ। १३ पदाधिकारीसहित १३४ सदस्य केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ।
शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिको दौडमा छन्। कुनै पनि सभापतिका एक उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेमा दोस्रो चरणको निर्वाचन हुने कांग्रेस विधानमा उल्लेख छ।
पहिलो चरणबाट नेतृत्वको टुंगो लाग्ने दाबी देउवा समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका बालकृण्ण खाणले दाबी गरेका छन्। मतदान गरेर बाहिरिने क्रममा उनले यस्तो बताएका हुन्।
देउवा सभापतिमा निर्वाचित हुने दाबी गरेका उनले गठबन्धनको सरकार टिकाउन पनि देउवा कांग्रेसको नेतृत्वमा आउन जरुरी रहेको तर्क गरे।