आइतबार, कात्तिक १, २०८३

मतदान सुरु भएपछि गगनको अपिल– विवेक लगाएर भोट हाल्नुस्

नेपाली कांग्रेसका युवा नेता गगन थापाले भावी पुस्ताले भरोसा गर्ने गतिशील कांग्रेस बनाउन विवेकपूर्ण निर्णय गर्न अपिल गरेका छन्।
 |  सोमबार, मंसिर २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २७, २०७८

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगन थापाले भावी पुस्ताले भरोसा गर्ने गतिशील कांग्रेस बनाउन विवेकपूर्ण निर्णय गर्न अपिल गरेका छन्।

नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको एक घन्टापछि नेता थापाले ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ बनाउने संकल्प पूरा गर्न पार्टी पुनर्जागरण र रुपान्तरणको अभियानमा साथ, सहयोग र विवेकपूर्ण निर्णय गर्न अपिल गरेका हुन्।

थापाले फेसबुकमा भनेका छन्, ‘नेपाली कांग्रेसलाई कस्तो बनाउने र कस्तो नेतृत्व छनोट गर्ने भन्ने दूरगामी महत्वको क्षणमा हामी छौं। हाम्रो पार्टीको गौरवशाली विगतबाट प्रेरणा लिँदै भावी पुस्ताले भरोसा गर्ने आधुनिक एवं गतिशील कांग्रेस बनाउन हामीले यो महाधिवेशनबाट नयाँ यात्रा थाल्नु छ। यसका लागि पार्टीको विचार, कार्यक्रम र नेतृत्वमा नयाँपन चाहिएको छ। ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ बनाउने हाम्रो संकल्प पूरा गर्न पार्टी पुनर्जागरण र रुपान्तरणको अभियानमा हामीलाई साथ सहयोग र विवेकपूर्ण निर्णय गर्न हार्दिक अपिल गर्दछु।’ 

थापा डा. शेखर कोइरालाको प्यानलबाट महामन्त्रीको उम्मेदवार छन्। 


प्रकाशित: Dec 13, 2021| 13:27 सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...