बिहीबार, भदौ ४, २०८३

झन्डै एक घण्टा लाग्यो देउवालाई मतदान गर्न

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रिय सभागृहमा भइरहेको कांग्रेसको मतदानमा भोट हालेर निस्किएका छन्।
 |  सोमबार, मंसिर २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २७, २०७८

काठमाडौं– प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रिय सभागृहमा भइरहेको कांग्रेसको मतदानमा भोट हालेर निस्किएका छन्। सोमबार मध्याह्न १२ बजेतिर उनी मतदानका लागि त्यहाँ पुगेका थिए। देउवा सभापतिका उम्मेदवार हुन्।

मतपत्र लिएर बुथभित्र छिरेका देउवा झन्डै एक घन्टापछि अर्थात् पौने १ बजे बाहिर निस्केका थिए। उनलाई मत हाल्न पौने घन्टा लागेको थियो।

सभापतिका अर्का प्रकाशमान सिंह र शेखर कोइराला पनि मतदान गरेर बाहिरिसकेका छना्। नेपाली कांग्रेसले कागजकै मतपत्र बनाएको छ। मतदातालाई आधा घन्टादेखि झन्डै एक घन्टा मत हाल्न लागेको छ। मतदाताले २९ वटा मतपत्रमा चिह्न लगाउनुपर्ने छ  प्रदर्शनीमार्गमा तीन ठाउँमा मतदान केन्द्र बनाइएको छ।

बिहान आठ बजे सुरु हुने भनिएको मतदान साढे ११ बजेतिर मात्र सुरु भएको थियो। 


प्रकाशित: Dec 13, 2021| 13:19 सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...