मंगलबार, भदौ २, २०८३

गुल्मीमा दैनिक ९६ सिलिण्डर अक्सिजन उत्पादन

केही समयपछि सरकारबाट समेत बजेट बिनियोजन भयो। पत्रकार महासंघको अभियान र नेपाल सरकारको संयुक्त लगानीबाट प्लाण्ट निर्माण गरिएको हो।
 |  सोमबार, मंसिर २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २७, २०७८

गुल्मी- कोभिड-१९ को कारण अक्सिजन अभावको कारण बिरामीको ज्यान थालेपछि गत वैशाख अन्तिम साताबाट नेपाल पत्रकार महासंघ गुल्मीले 'अक्सिजन प्लाण्ट  अभियान' संचालन गर्‍यो।

केही समयपछि सरकारबाट समेत बजेट बिनियोजन भयो। पत्रकार महासंघको अभियान र नेपाल सरकारको संयुक्त लगानीबाट प्लाण्ट निर्माण गरिएको हो।

अभियानबाट संकलित ६० लाख पत्रकार महासंघले गुल्मी अस्पताललाई प्रदान गरेको थियो भने नेपाल सरकारबाट एक करोड विनियोजन भएको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए। फेयर ट्रेड काठमाडौंले एक करोड ३१ लाखको लागतमा प्लाण्ट निर्माण गरेको छ।

प्लाण्ट व्यावस्थापनको लागि आवश्यक भौतिक संरचना गुल्मी उद्योग वाणिज्य संघले निर्माण गरेको छ। अहिले २४ घण्टामा ९६ सिलिण्डर उत्पादन भइरहेको पच्याले बताए। अब गुल्मी अस्पतालसंगै जिल्लाका स्वास्थ्य संस्था र घरमै आवश्यक पर्ने बिरामीहरुले पनि सहज रुपमा अक्सिजन पाउने छन्।

प्रकाशित: Dec 13, 2021| 10:30 सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।