मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दैनिक ६ घण्टा बन्द गरेर तानसेन-गुल्मी सडक पुनर्निर्माण सुरु

दैनिक ६ घण्टा बन्द गरेर तानसेन-गुल्मी सडक पुनर्निर्माण सुरु

आगामी १० पुससम्मका लागि दिउँसो ६ घण्टा सडक पूर्ण रुपमा बन्द हुने सडक डिभिजन कार्यालयले जनाएको छ। तर, सुरक्षा निकायका गाडी र एम्बुलेन्सलाई भने चल्न दिइनेछ। अन्य गाडीहरू प्रत्येक दिन बिहान साढे ९ बजेदेखि दिउँसो साढे ३ बजेसम्म बन्द रहनेछन्।
 |  सोमबार, मंसिर २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २७, २०७८

बुटवल- तानसेन-गुल्मी सडक पुनर्निर्माण सुरू भएको छ। दैनिक ६ घण्टा सवारी आवतजावत बन्द गरेर सडक निर्माण थालिएको हो। सडक डिभिजन पाल्पाका अनुसार पाल्पाको तानसेनदेखि गुल्मी, बाग्लुङ, अर्घाखाँची जाने सडक खण्ड स्तरोन्नति गर्न दैनिक ६ घण्टाका दरले १५ दिनका लागि बन्द गरिएको छ। तानसेन–रिडी सडक खण्ड मात्र पुनर्निर्माण सुरु गरिएको हो। 

आगामी १० पुससम्मका लागि दिउँसो ६ घण्टा सडक पूर्ण रुपमा बन्द हुने सडक डिभिजन कार्यालयले जनाएको छ। तर, सुरक्षा निकायका गाडी र एम्बुलेन्सलाई भने चल्न दिइनेछ। अन्य गाडीहरू प्रत्येक दिन बिहान साढे ९ बजेदेखि दिउँसो साढे ३ बजेसम्म बन्द रहनेछन्।

सडक डिभिजनका अनुसार तानसेन-रिडी सडक खण्डको लघुवादेखि जोर्तेसम्मको सडक चौंडा गर्ने काम पनि जारी छ। सडक पूर्ण रूपमा बन्द गरेर काम सुरू गरिएकाले समयमै काम सकिने सडक डिभिजन प्रमुख रामेश्वर लम्सालले जानकारी दिए।

तर, यात्रु र चालकले भने निर्माण व्यवसायीले सुस्त गतिमा काम गरेकाले सडक निर्माण समयमै सकिनेमा आशंका व्यक्त गर्ने गरेका छन्। यो सडक खण्डको ठेक्का अघिल्लो आर्थिक वर्षमै भएको थियो। तर, ठेक्का लिएको सडकमा ठेक्का अवधिको म्याद गुज्रिसक्दा पनि अझै काम सम्पन्न हुन सकेको छैन।

दुई करोड लागतको सडक निर्माणका लागि दैनिक ६ घण्टा बन्द गरिएपछि यात्रुले भने सास्ती पाउने भएका छन्। यसबाट बुटवल हुँदै गुल्मी, अर्घाखाँची, बाग्लुङसम्म जाने यात्रुहरू प्रभावित हुनेछन्। डिभिजन सडक कार्यालयले भने सडक बन्द रहेको समयमा साना सवारीलाई जोर्ते, लुहुङ चण्डीभन्ञ्याङ बतासेडाँडाको सडक प्रयोग गर्न भनेको छ। तर, ठूला सवारीसाधन सञ्चालनमा भने समस्या हुने देखिएको छ।                -न्युज कारखाना

प्रकाशित: Dec 13, 2021| 10:00 सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।