शुक्रबार, वैशाख २८, २०८१

रामचन्द्र अब कांग्रेसलाई मार्गनिर्देश गर्ने अभिभावक बन्नुपर्छ

जीवनभर मध्यमार्गी राजनीति गरे पौडेलले, अबका दिनमा पौडेलको त्यही मध्यमार्गी राजनीति नेपाली कांग्रेसका लागि अझ बढी आवश्यक छ।
 |  आइतबार, मंसिर २६, २०७८

शान्तिकृष्ण अधिकारी

शान्तिकृष्ण अधिकारी

आइतबार, मंसिर २६, २०७८

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सक्रिय राजनीतिको मैदानबाट एकाएक बाहिरिए। कसैले ठेलेर होइन, पार्टीले निष्कासन गरेर होइन, स्वेच्छाले मौन बस्न पुगे। स्वेच्छाभित्रका बाध्यताहरु अनेकौँ होलान् तर नेपाली कांग्रेसको मात्र होइन नेपाली राजनीतिकै नैतिक, स्वच्छ र वरिष्ठ राजनीतिज्ञ राजनीतिको खेलमैदानबाट विश्राम लिने घोषणा गर्न पुगे। पञ्चायत र तानाशाहीका विरुद्ध निरन्तर संघर्षरत लोकतान्त्रिक योद्धा अश्रुपूर्ण आँखा र ओसिलो मन लिएर आफैँले आफैंलाई आफ्नै घरको चार दिवारभित्र कैद गर्ने कठोर निर्णय गर्न बाध्य बने।

triton college

पौडेलको विश्रामबाट कतिपयले सुखको सास फेरेका होलान्। उनले सक्रिय राजनीतिलाई बिराम दिन्छु भनेर निर्णय गर्दै गर्दा कतिपयलाई कांग्रेसको भावी सभापतिको विजय आफ्नो पोल्टामा पर्ने भयो भन्ने सन्देश मिलेका कारण हर्षित बनेका होलान्। वरिष्ठ नेता बाहिरिँदा उनका समूहमा रहेका कतिपयलाई अब आफूले नेतृत्व गर्न पाइने भयो भनेर हाइसञ्चो भएको होला तर उनले नेपाली कांग्रेसको सक्रिय राजनीतिको मैदान छोड्दा त्यो कत्तिको प्रत्युत्पादक हुन्छ भनेर कतिले विश्लेषण गरेका छन्? हेर्न बाँकी नै छ।

पौडेल सक्रिय नहुँदैमा नेपाली कांग्रेस पलायन हुने होइन। कांग्रेसका संस्थापक महामानव भनेर चिनिने बीपी कोइरालाको अभावमा पनि उनको विचारलाई लिएर आजसम्म कांग्रेस मुलुकको नेतृत्वदायी भूमिकामै छ। कांग्रेसका गर्व गर्नलायक सुवर्ण शमशेरहरु पनि बितेर गए। कांग्रेसको नेतृत्वसँगै असन्तुष्टि पोखेर सन्तनेता किसुनजी र लौहपुरुष गणेशमान सिंहहरु पनि राजनीतिबाट टाढिन पुगेका थिए तर पनि कांग्रेस छँदैछ भने पौडेल जाँदैमा के पो होला? भन्नेहरु पनि छन्।

किसुनजीले म अब पार्टीमा छैन भन्दा नेपाली कांग्रेसको त्यतिखेरको अवस्था कस्तो भयो भनेर सोच्नेहरुले मात्रै पौडेलको निर्णयमाथि विमर्श गर्न सक्छन्। सर्वमान्य नेता गणेशमान सिंहले असन्तुष्टि पोख्दा मात्रै पनि नेपाली कांग्रेस कहाँबाट कहाँ पुगेको थियो भन्ने देखेका, बुझेका र पढेकाहरुले मात्रै एउटा शिखर पुरुषको अभावको परिदृश्य आँकलन गर्न सक्छ। पौडेल यो निर्णय लिन पुग्नुमा कारणहरु जे जस्ता भए पनि यो सुखद अवस्था होइन र कोही कसैलाई यसको स्वाद मिठो भए तापनि समग्र कांग्रेसलाई यसको मूल्य निकै महँगो नै पर्ने देखिन्छ।

पार्टीभित्रको आफूसरहकै वरिष्ठ नेताले चुनावी मैदान छाड्दा वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनावी माहोल आफ्नातर्फ आकर्षित गर्न निश्चय नै सहज भएको छ। यसले उनको विजयको सम्भावनालाई मद्दत गरेकै ठानिएको छ। 

किसुनजीसँगै तुलना गर्न लायकका पौडेल होइनन् होला। गणेशमानजी बराबरकै त्यागी र उनकै योगदानसँग तुलना गर्न पौडेललाई नमिल्ला। किसनुजी र गणेशमानजीले पार्टी परित्याग गर्दा जुन दुरवस्था निम्तियो त्यही हुन्छ भन्न नमिल्ला तर समकालीन राजनीतिमा उनी जत्तिकै अग्ला स्वच्छ नेता नभएका अवस्थामा उनको अभावले निश्चय नै सकारात्मक परिणाम दिँदैन। 

corrent noodles
Metro Mart

पौडेलले पार्टीबाट विश्राम पनि कस्तो अवस्थामा लिए भने जुन बेला पार्टीले फड्को मारेर अग्रगामी नेतृत्वको चयन गर्नुपर्ने बेला थियो। १४औँ महाधिवेशन चलिरहेको र नेतृत्व परिवर्तन गरी पार्टीलाई पुनर्जीवन र अग्रगति दिएर निकटमै आएका निर्वाचनमा नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो र विजयी पार्टी बनाउनुपर्ने बेला हो यो। नेपाली कांग्रेसका स्थापित सिद्धान्त, विचार र नीति नियमहरुलाई परिमार्जन गरी २१ औं शताब्दीअनुरुपको युवा, बालबालिका तथा प्रौढहरुको मन जित्दै जनताको मनमनमा रहेको पार्टी बनाउनु पर्ने बेलामा पौडेलको यस्तो निर्णय आएको छ। पार्टीमा रहेका विचार, अनुभव र व्यवहारका कारण सिद्धपुरुष बनेका व्यक्तिको यस्तो निर्णय किमार्थ सुखद हुन सक्दैन।

पार्टीभित्रको आफूसरहकै वरिष्ठ नेताले चुनावी मैदान छाड्दा वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनावी माहोल आफ्नातर्फ आकर्षित गर्न निश्चय नै सहज भएको छ। यसले उनको विजयको सम्भावनालाई मद्दत गरेकै ठानिएको छ। सभापतिमा प्रतिस्पर्धा गर्न पनि नपाइने हो कि भन्ने त्रासमा रहेका डा. शेखर कोइराला र प्रकाशमान सिंहलाई उम्मेदवारी दिन सहज वातावरण पनि निर्माण भएको छ। पार्टीभित्रको आन्तरिक राजनीतिमा त यसले कसैलाई सहज र कसैलाई असहज बनाए पनि कांग्रेसीले नै चुनाव जित्ने भएका कारण त्यति ठूलो तात्त्विक असर नपार्ला तर भोलिका दिनको राजनीतिमा भने पौडेलको अभावले निकै ठूलो महत्त्व राख्नेमा नजरअन्दाज गर्न मिल्ने देखिँदैन।

अहिले देखिएका युवा नेताहरुमा चन्द्र भण्डारी, गगन थापा, बद्री पाण्डे, विश्वप्रकाश शर्मा, गुरु घिमिरे लगायतकाले वैचारिक बहस छेडिरहेकै छन् तर सिद्धान्त, बहस, विचार र नीतिमा अनुभवसमेत मिसाएर पार्टीलाई गति दिन सक्रिय पुराना नेताहरुमा कि त पौडेल नै हुन् कि प्रदीप गिरी। प्रदीप गिरीका विचार मूलतः सिद्धान्त अभिप्रेरित हुने भएकाले सधैं पार्टीका लागि उपयुक्त नहुने गरेको पनि पाइएको छ तर पौडेलको विचार नेपाली कांग्रेस केन्द्रित नै हुने गरेका छन्। पौडेल मूलतः कांग्रेस, लोकतन्त्र, राष्ट्रियता र समाजवादमा नै केन्द्रित भएर विचार निर्माण गरिरहन्थे। यस्ता नेताले खुसीसाथ होइन कि आँखामा आँसु भरेर बिदा माग्नुलाई नेपाली कांग्रेसले सजिलै पचाउन हुँदैन जस्तो लाग्दछ।

पार्टी सभापति शेरबहादुर देउवाले यसलाई सहर्ष स्वागत नगरेको व्यवहार प्रदर्शन गरे। भलै देउवा र पौडेल केही यतादेखि एकअर्काका विरुद्धमा देखिएका थिए तर देउवाले पौडेललाई भेटेर एक उच्च राजनीतिक संस्कार देखाए। तपाईँको अझै देश, पार्टी र लोकतन्त्रलाई खाँचो छ, विश्राम लिन पाउनु हुन्न भनेर पार्टीमा उत्साह भर्ने काम गरे। नेपाली कांग्रेस लोकतन्त्रवादी पार्टी हो, कांग्रेसीहरु लोकतन्त्रवादी हुन् र लोकतन्त्रमा मतभेद हुन्छ तर मनभेद हुँदैन भन्ने सन्देश देउवाले दिए। यो अत्यन्त सकारात्मक कदम हो। बूढाहरु पार्टीबाट बाहिरिनुपर्छ भन्ने आशय बोकेकाहरुलाई देउवाले व्यवहारले जवाफ दिने काम पनि गरे।

चौधौँ महाधिवेशनको निर्वाचनमा प्रत्यक्ष परोक्ष जस्तो खाले भए पनि पौडेलको सहयोग डा. शेखरले पाउँदैछन्। देउवाले जुन भूमिका निर्वाह गरे, त्यो भन्दा अघि सरेर डा. शेखरले पौडलेलाई पार्टीमै सक्रिय राख्न अझ बढी भूमिका खेलेका होलान् र खेल्नेछन् भन्ने विश्वास सबैले गरेका छन्। रामचन्द्रको अहिलेसम्मको राजनीतिको प्रतिफल डा. शेखरकै पोल्टामा पर्दैछ भने यसमा बढीभन्दा बढी भूमिका शेखरकै रहन्छ भन्नेमा कसैलाई शंका छैन। त्यसैले पौडेलले जे उद्घोष गरेका भए पनि उनको घोषणालाई सबै मिलेर फिर्ता गराउने छन् भन्ने विश्वास सच्चा लोकतन्त्रवादीहरु र विचारको राजनीतिमा आस्था राख्नेहरुले लिएका छन्।

पौडेल मैदान छाडेर हिँड्नुमा सरसर्ती डा. शेखर र प्रकाशमान सिंहलाई दोषी देखाइएको भए तापनि शेखरले रामचन्द्र दाइका निमित्त छाड्न सक्छु भनेका कारण उनी चोखिएका छन्। प्रकाशमानको एकोहोरो अडानले नै पौडेलको यो हालत भयो भन्नेहरु पर्याप्त देखिएका छन्। भित्री कारण के होलान् र कति होलान्, बाहिर बसेर आँकलन गरेकाहरुलाई थाहा नहुने कुरा भयो तर परिणाम सुखद देखिएन। त्यसैले भोलिका दिनमा निष्ठा, नीति, विचार र सिद्धान्त बोकेकाहरुलाई चित्त बुझाएर अघि बढ्ने जिम्मेवारी यी दुवै नेताहरुका काँधमा आएको छ।

सबै कांग्रेसीको साझा नेताका रुपमा पौडेल स्थापित हुनैपर्दछ र यसका लागि उपयुक्त वातावरण कांग्रेसीहरुले सिर्जना गरेमा फाइदा मात्रै हात लाग्दछ, कुनै बेफाइदा हुँदैन। जीवनभर मध्यमार्गी राजनीति गरे पौडेलले, अबका दिनमा पौडेलको त्यही मध्यमार्गी राजनीति नेपाली कांग्रेसका लागि अझ बढी आवश्यक छ।

पार्टीमा सक्रिय नहुने भने पनि राजनीति नछाड्ने भनेका छन् पौडेलले। राष्ट्रियता, लोकतन्त्र र समाजवादका लागि आफ्नो बाँकी जीवन समर्पित गरिरहने बताएका छन्। मुलुक र लोकतन्त्रका लागि आवश्यक परेका बेला मैदान नछाड्ने उनको अडानलाई जोड दिएकै छन्। यसको अर्थ हो नेपाली कांग्रेसको कुनै कार्यकारी पदमा नरहेरै सक्रिय जीवन बिताउने उनको आशय बुझिन्छ।

उनले जीवन पर्यन्त भन्दै आएको कुरा हो मुलकमा लोकतन्त्र कांग्रेसले मात्र बचाउँदछ। मुलुकको विकासका लागि लोकतन्त्र अपरिहार्य छ र लोकतन्त्रको विकल्पमा उन्नत लोकतन्त्र मात्र हुन सक्दछ। यसैले पनि नेपाली कांग्रेस सुदृढ हुन आवश्यक छ र यसका लागि पौडेल जस्ता निष्ठावान् एवं विचारवान नेताहरुको सदैव खाँचो हुन्छ। पार्टी भन्दा बाहिर बसेर एक्लै आवाज उठाउँदा भीडमा हराउन सक्दछ, त्यसैले पार्टीमै रहेर आफ्ना कुराहरु राखिरहनु भयो भने नेपाली कांग्रेसलाई मात्र नभई समस्त लोकतन्त्रवादीलाई नै हितकर हुनेछ।

तसर्थ, यो चुनावमा डा. शेखरलाई समर्थन गर्नु पौडेलको राजनीतिक इमानदारीका रुपमा लिनुपर्दछ। यो चुनाव सम्पन्न भएपछि पार्टीको वरिष्ठ नेताका रुपमा पौडेल रहनै पर्दछ। कुनै एक गुटको मात्र नभई समग्र कांग्रेसका पक्षमा मात्र धारणा राखेर कांग्रेसलाई सही मार्ग निर्देश गर्ने अभिभावकको भूमिकामा रहनै पर्दछ। सबै कांग्रेसीको साझा नेताका रुपमा पौडेल स्थापित हुनैपर्दछ र यसका लागि उपयुक्त वातावरण कांग्रेसीहरुले सिर्जना गरेमा फाइदा मात्रै हात लाग्दछ, कुनै बेफाइदा हुँदैन। जीवनभर मध्यमार्गी राजनीति गरे पौडेलले, अबका दिनमा पौडेलको त्यही मध्यमार्गी राजनीति नेपाली कांग्रेसका लागि अझ बढी आवश्यक छ।

प्रकाशित: Dec 12, 2021| 20:12 आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...