बिहीबार, भदौ ४, २०८३

कांग्रेस महाधिवेशन : १५ रुपैयाँमा 'गीता तिम्रो ज्ञान अमृत'

यी सबै पुस्तकहरुको मूल्य १५-१५ रुपैयाँ राखिएको छ। हरेक पुस्तक २०० देखि ४०० पृष्ठसम्मका छन्। तर, यति ठूलो पुस्तकहरु १५ रुपैयाँमा महाधिवेशनस्थलहरुमा बिक्री गर्दा त्यसको लागत पनि उठ्दैन। तर, उक्त पुस्तकहरु लागतभन्दा निकै सस्तो मूल्यमा बिक्री गर्नुमा कुनै मिसन रहेको स्पष्ट हुन्छ।
 |  आइतबार, मंसिर २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २६, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सोमबार मतदान हुने भएको छ। पार्टीको नेतृत्वका लागि पाँच जनाले प्रतिस्पर्धा गर्ने भएका छन्। पार्टीको नेतृत्वका लागि हानथाप भइरहेको समयमा पार्टीको नीति र कार्यदिशाबारे छलफल नभएको भन्दै आलोचनासमेत भइरहेको छ।

तर, कांग्रेसका नेताहरुले यसलाई नेतृत्व चयनको महाधिवेशन र नीति र कार्यदिशाबारे छलफल गर्न ६ महिनाभित्रै नीति महाधिवेशन गर्ने निर्णय गरेको भन्दै अहिले यस विषयमा बहस नभएको भन्दै जोगाउ गरेका छन्। 

कांग्रेसभित्रको एक ठूलो समूहले नेपाललाई हिन्दु राज्य बनाउनुपर्ने माग गर्दै बहस चलाइरहेको भए पनि त्यो बुलन्द हुन सकेको छैन। नेतृत्व चयनका विषयमा चर्को प्रतिस्पर्धाका समयमा सभापतिका सबै उम्मेदवारहरुले आफूहरुले आन्तरिकरुपमा हिन्दुको पक्षमै भएको बताइरहेका छन्।

सभापतिका एकजना उम्मेदवार शेरबहादुर देउवाले एक आन्तरिक छलफलका क्रममा भनेका थिए, 'केही साथीहरुले हिन्दू राज्यको कुरा उठाइरहेका छन्। मैले पनि हुँदैन कहाँ भनेको छु र? म पनि त हिन्दु नै हो नि। यस विषयमा अहिले चर्को बहस गर्ने बेला भएको छैन।' 

कांग्रेस सभापतिकै अर्का उम्मेदवार शेखर कोइरालालाई त हिन्दू राज्यको पक्षधर समूहको उम्मेदवारको रुपमा हेरिएको छ। यसअघि शशांकले पनि नेपाल हिन्द राज्य हुनुपर्छ भन्दै अभिव्यक्ति दिएका थिए। शशांकले शेखरलाई समर्थन गरेका छन्। 

कांग्रेस महाधिवेशनमा पार्टीले अंगालेको प्रजातान्त्रिक समाजवाद, कांग्रेसको राजनीतिक इतिहासलगायतका विभिन्‍न नेताहरुले पार्टीका विभिन्‍न विषयमा केन्द्रित रहेर प्रकाशन गरेका पुस्तकहरु बिक्री वितरण भइरहेका छन्। त्यही छेउमा धार्मिक पुस्तकहरु 'गीता तिम्रो ज्ञान अमृत', 'ज्ञान गंगा सागर'लगायतका धार्मिक पुस्तकहरु पनि बिक्री वितरण भइरहेका छन्। 

यी सबै पुस्तकहरुको मूल्य १५-१५ रुपैयाँ राखिएको छ। हरेक पुस्तक २०० देखि ४०० पृष्ठसम्मका छन्। तर, यति ठूलो पुस्तकहरु १५ रुपैयाँमा महाधिवेशनस्थलहरुमा बिक्री गर्दा त्यसको लागत पनि उठ्दैन। तर, उक्त पुस्तकहरु लागतभन्दा निकै सस्तो मूल्यमा बिक्री गर्नुमा कुनै मिसन रहेको स्पष्ट हुन्छ।

पुस्तक बिक्री गरिरहेका व्यक्तिले भने, 'अहिले धर्मप्रति वितृष्णा जगाउन खोजिएको छ। त्यसैले राजनीति गर्ने व्यक्तिले समाजमा चाँडो मानिसहरुलाई परिचालन र प्रभावित गर्नसक्ने भएकोले राजनीतिमा लाग‍्ने व्यक्तिहरुले यी पुस्तकहरु पढेर धर्मका विषयमा थाहा पाउन भन्‍ने उद्देश्यले यहाँ बिक्री गर्न लागेका हौं।' उनले फोन सम्पर्क गरेमा निशुल्क घरमै पुस्तक पुर्‍याइदिनेसमेत बताए। 

यसअघि नेकपा एमालेको चितवन महाधिवेशनस्थलमा पनि यिनै पुस्तकहरु बिक्रीका लागि राखिएका थिए। एमालेको कार्यक्रमहरूमा कार्ल मार्क्स, एंगेल्स, लेनिन, मदन भण्डारी आदिका पुस्तक बिक्री हुने गरेकोमा धार्मिक पुस्तक बिक्री वितरण राखिनु ओलीको हिन्दु राज्यप्रतिको मोह भएको भन्दै उनको आलोचना गरिएको थियो। 

राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो एजेन्डा नै राजतन्त्र पुनर्स्थापना र हिन्दू राज्य बनाएको छ। तर, धर्म निरपेक्ष र गणतन्त्रलाई स्वीकार गरेका कांग्रेस र कम्युनिस्टका कार्यक्रमहरुमा धार्मिक पुस्तकहरुको बिक्री वितरण बढ्नु र नेताहरुले पनि कुनै एक धर्मलाई प्रश्रय दिनुलाई निकै अर्थपूर्णरुपमा लिनुपर्ने विश्‍लेषकहरु बताउँछन्। 

प्रकाशित: Dec 12, 2021| 18:18 आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...