शुक्रबार, असोज १६, २०८३

आइतबारको विदेशी मुद्राको विनिमय दर यस्तो छ

बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९३ पैसा छ भने बिक्री दर १२१ रुपैयाँ ५३ पैसा पुगेको छ।
 |  आइतबार, मंसिर २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २६, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले आइतबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९३ पैसा छ भने बिक्री दर १२१ रुपैयाँ ५३ पैसा पुगेको छ। 

युरोपियन युरो एकको खरिद दर १३६ रुपैयाँ ४३ पैसा र बिक्री दर १३७ रुपैयाँ ११ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ६५ पैसा र बिक्री दर १६० रुपैयाँ ४४ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।

स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ८९ पैसा र बिक्री दर १३१ रुपैयाँ ५४ पैसा छ। अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ४५ पैसा र बिक्री दर ८६ रुपैयाँ ८८ पैसा  छ।

क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ५५ पैसा कायम भएको छ। जापानी यन १० को खरिद दर नेपाली १० रुपैयाँ ६४ पैसा र बिक्रीदर १० रुपैयाँ ६९ पैसा रहेको छ। त्यस्तै, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ९९ पैसा र विक्री दर १९ रुपैयाँ ९ पैसा रहेको बैंकले जनाएको छ। 

साउदी अरेबियन रियाल  एकको खरिद दर ३२ रुपैयाँ २४ पैसा र बिक्री दर ३२ रुपैयाँ ४० पैसा छ भने कतारी रियाल आज एकको खरि दर ३२ रुपैयाँ २१ पैसा र बिक्री दर ३३ रुपैयाँ ३८ पैसा छ।

 मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७१ पैसा र बिक्री दर २८ रुपैयाँ ८५ पैसा कायम भएको राष्ट्र बैंकले जारी गरेको सूचीमा उल्लेख छ।

प्रकाशित: Dec 12, 2021| 10:10 आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्