शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अब सबै क्षेत्रमा विद्युतीय साधनको उपयोग गर्नुपर्छ : ऊर्जामन्त्री भुसाल

अब सबै क्षेत्रमा विद्युतीय साधनको उपयोग गर्नुपर्छ : ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सबै क्षेत्रमा विद्युतीय साधनको उपयोग गर्नुपर्ने बताएकी छन्।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सबै क्षेत्रमा विद्युतीय साधनको उपयोग  गर्नुपर्ने बताएकी छन्।

बिहीबार काठमाडौंमा आयोजित सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालको छैटौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै मन्त्री भुसालले विद्युतीय क्षेत्रको अग्रगमनका लागि ऊर्जाका सबै क्षेत्रमा जलविद्युतको खपत बढाउनु पर्ने पनि बताएकी हुन्।

उनले सरकारले अघि बढाएका नीतिका कारण निजी उत्पादकले समेत विद्युत् उत्पादन गर्न पाउने अवसरले अब घरायसी प्रयोगमा पर्याप्त विद्युत् उपलब्ध गराउने स्थितिमा पुगेको बताइन्। मन्त्री भुसालले जनतामा दुई वर्ष भित्रै विद्युतिकरण गर्ने सरकारको नीति रहेको भन्दै यसमा  सामुदायिक विद्युत् उपभोक्ता महासंघले सहयोग गर्नेमा विश्वस्त रहेको बताइन्।

उनले महासंघको नेतृत्वले सबै क्षेत्रमा जलविद्युत उत्पादन गर्ने अभियानलाई अघि बढाउन सहयोग गर्ने बताइन्। मन्त्री भुसालले उपभोक्ता महासंघले अब नयाँ पन र औचित्यतामा केन्द्रित भएर धेरै विद्युत् खपत गराउने र सबै ऊर्जामा विद्युतीय ऊर्जा उपयोग गर्ने अभियानका रूपमा रूपान्तरण गर्दै लैजानु पर्ने बताएकी छन्।

‘सरकारले अघि बढाएका नीतिका कारण निजी उत्पादकले समेत विद्युत् उत्पादन गर्न पाउने अवसरले हामी अब घरायसी प्रयोगमा पर्याप्त विद्युत् उपलब्ध गराउने स्थितिमा छौं। जनतामा दुई वर्ष भित्रै विद्युतिकरण गर्ने सरकारको नीति छ। त्यसमा सामुदायिक विद्युत् उपभोक्ता महासंघ पनि सहयोगी नै हुनेछ,' उनले भनिन्। उनले केन्द्रीय प्रसारण लाइन नपुगेका ठाउँमा सामुदायिक विद्युत् उपभोक्ता महासंघमार्फत् विद्युत् पुगाउने बताएकी छन्।

विद्युत् उपभोक्ता महासंघको अधिवेशनले त्यो कुरालाई आफ्नो नीति गत रूपमा अगाडि बढाउनुपर्ने उनले बताइन्। मन्त्री भुसालले कतिपय सामुदायिक संस्थाहरूले समयमै विद्युत् भुक्तानी नगरेको, विनियमावलीले तोकेको भन्दा बढी क्षमताको लोड स्वीकृति गर्ने गरेको र समयमै ग्राहकहरुको समस्या समाधान नगरेको गुनासो मन्त्रालयमा आइरहेको बताइन्।

उनले केही सामुदायिक संस्थाका उपभोक्ताहरूले आफूलाई संस्थाबाट अलग बनाइ नेपाल विद्युत् प्राधिकरणबाट सेवा दिन अनुरोध गरिरहेको गुनासो आएको पनि बताइन्।

प्रकाशित: Dec 09, 2021| 12:47 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्