सोमबार, असोज ८, २०८०

हरर फिल्म 'कठपुतली' को ट्रेलर रिलिज

हरर जनरामा निर्माण भएको फिल्म ‘कठपुतली’ को ट्रेलर सार्वजनिक भएको छ।
 |  बिहीबार, मंसिर २३, २०७८
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

काठमाडौं– हरर जनरामा निर्माण भएको फिल्म ‘कठपुतली’ को ट्रेलर सार्वजनिक भएको छ।

sagarmatha cement

बुधवार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरमा राजाहरुको शासनको समयमा दरबारभित्र हुने घटनाक्रमलाई देखाइएको छ। केही दिनमा फिल्मको दोस्रो ट्रेलर पनि सार्वजनिक गर्ने तयारीमा निर्माण टिम रहेको छ।

आगामी पुष १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई भिमसेन लामाले निर्देशन गरेका हुन् भने पृथ्वी राना मगर निर्माता हुन्। निर्देशक लामा लण्डन र निर्माता मगर हङकङमा भएकाले फिल्मको ट्रेलर रिलिज कार्यक्रममा उपस्थिति हुन सकेनन्। फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ। यो फिल्मलाई अष्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले छायांकन गरेका छन्।

फिल्मका कलाकारदेखि लेखिका सम्पदा मल्लसम्मले ट्रेलर रिलिज कार्यक्रममा मास्क लगाएर प्रवेश गरेका थिए। फिल्मकी कार्यकारी निर्माता समेत रहेकी मल्लले फिल्म हरर जनरामा निर्माण भए पनि मौलिक कथामा बनेको बताइन्। भनिन्, ‘हरर जनरामा हाम्रो पहिलो प्रयास हो। फिल्म हरर भए पनि यसले हाम्रै माटोको कथा भन्छ।’ फिल्मले भूत प्रेत, तन्त्र मन्त्रको कथा भन्नेछ।

त्यस्तै, कलाकार मिथिला शर्माले फिल्ममा काम गर्न कथावस्तु र चरित्रले आफूलाई आकर्षित गरेको बताइन्। फिल्मले नारीलाई सशक्त रुपमा प्रस्तुत गरेको उनको भनाइ छ। उनी ‘कठपुतली’ लाई महिलाहरुको कथा भन्न पनि रुचाउँछिन्। नायक कर्माले हरर जनरामा यो फिल्मले एउटा इँट्टा थप्नेमा विश्वास व्यक्त गरे । फिल्मको कथा बलियो भएकाले नै आफू आबद्ध भएको उनले बताए।

लामो समयपछि अभिनयमा फर्किएकी उषा रजकले पहिलो पटक हरर फिल्ममा काम गर्न पाएकोमा खुसी व्यक्त गरिन् । उनले अहिलेसम्म हरर फिल्म समेत नहेरेको बताउँदै आफूलाई भुत प्रेतप्रति विश्वास रहेको बताइन् ।

हालै अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा महत्त्वपूर्ण अवार्ड जितेको ‘कठपुतली’ को सहनिर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ एपका सञ्चालक सागर खरेल फिल्ममा बजार ब्यवस्थापकको रुपमा जोडिएका छन् ।  


प्रकाशित: Dec 09, 2021| 11:23 बिहीबार, मंसिर २३, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नेम्वाङ निधनले स्थगित बीपी साहित्य महोत्सव समापन आगामी बुधबार

नेम्वाङ निधनले स्थगित बीपी साहित्य महोत्सव समापन आगामी बुधबार

स्थगित भएको तेस्रो र अन्तिम दिन (२६ भदौ) को कार्यक्रम आगामी बिहीबार बिहान साढे १० साँझ ५ बजेसम्म पार्टी मुख्यालय सानेपामा गरिनेछ।
सुवास नेम्वाङको निधनपछि बीपी साहित्य महोत्सव स्थगन

सुवास नेम्वाङको निधनपछि बीपी साहित्य महोत्सव स्थगन

संविधानसभाध्यक्ष एवं एमाले नेता सुवासचन्द्र नेम्बाङको अकस्मात निधन भएपछि कांग्रेसले बीपी साहित्य महोत्सव स्थगित गरेको हो। 
पानी पर्ने सहरमा लोकप्रिय बनेको पानी रङ कला

पानी पर्ने सहरमा लोकप्रिय बनेको पानी रङ कला

क्षणभरमा पानी पर्ने, घाम लाग्ने, घनघोर पानी क्षणभरमै सुक्ने आदि विविधता पोखराको विशिष्टता हो। यही पोखरालाई कलाका क्षेत्रमा पानी रङको सहरका रुपमा पनि चिनिन्छ।
बीपीले 'पवित्रा'मार्फत उजागर गरेको प्रेम र यौन संवेग

बीपीले 'पवित्रा'मार्फत उजागर गरेको प्रेम र यौन संवेग

कोइरालाले यस कथामा आफैंभित्र फुटेको र चिरिएको व्यक्तित्वको रुपमा पवित्रालाई उभ्याएका छन्।
अभिनेत्री दिव्या दत्ताले सुनाइन् बलिउड सपनाको ‘उडान’

अभिनेत्री दिव्या दत्ताले सुनाइन् बलिउड सपनाको ‘उडान’

बलिउडमा तीन दशक बिताइसकेकी अभिनेत्री दत्ताले नेपाली चलचित्र ‘वसन्ती’ र ‘माया नमार’ मा काम गरेकी छन्।