शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्रिय वाणिज्य बैंक र ईसेवा मनी ट्रान्सफरबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र ईसेवा मनी ट्रान्सफरबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र ईसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक र ईसेवा मनी ट्रान्सफरबीच  रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी  निर्देशक अजेस कोइरालाले हस्ताक्षर गरेका छन्।

यस सम्झौताअन्तर्गत अब विदेशबाट ईसेवामनी ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण  शाखाहरूबाट भुक्तानी हुनेछ। अब विदेशमा रहेका नेपालीहरुले सिधै राष्ट्रिय वाणिज्य बैंकको खातामा पैसा पठाउन सक्नेछन्। 

ईसेवामनी ट्रान्सफरको सेवा उपभोग गर्न सो बैंकका खाताग्राहीहरुले राष्ट्रिय वाणिज्य बैंकको मोबाइल एप आरबीबी स्मार्ट डाउनलोड गर्नुपर्ने हुन्छ। 

मुलुकभरी तथा संसारका २०० बढी मुलुकमाव्यापक रुपमा कारोबार विस्तार गरिरहेको रेमिट कम्पनी, ईसेवामनी ट्रान्सफर र मुलुककै अग्रणी वाणिज्य बैंक मध्येको एक राष्ट्रिय वाणिज्य बैंकका खाताग्राहीहरुले विदेशबाट पठाएको रेमिट्यान्स् सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन्।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २५६ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 

प्रकाशित: Dec 09, 2021| 13:35 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्