शुक्रबार, असोज १६, २०८३

फोटोनका लक्जरी स्कुल भ्यान नेपाली बजारमा

फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेइकलले लक्जरी श्रेणीको स्कुल भ्यान नेपाली बजारमा ल्याएको छ ।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

काठमाडौं–  फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेइकलले लक्जरी श्रेणीको स्कुल भ्यान नेपाली बजारमा ल्याएको छ । १५, १६ र १९ सिट भएको भ्यानमा आईएसएफ २.८ क्युमिंसजडित इन्जिन रहेको छ भने एउटै इन्जिनबाट चल्ने एयर कन्डिसन रहेको जनाइएको छ ।

उच्च कार्यक्षमता र आरामदायी यात्राको ग्यारेन्टी गर्ने यो स्कुल भ्यान  सुरक्षाको दृष्टिकोणले पनि सर्वोत्कृष्ट रहेको कम्पनीको दाबी छ । विद्यार्थीलाई सुविधासम्पन्न र आरामदायी बस उपलब्ध गराउन चाहने विद्यालयलाई लक्षित गरि उक्त भ्यान नेपाली बजारमा ल्याइएको जनाइएको छ । साथै, विद्यालय र विद्यार्थीको सुविधालाई ध्यानमा राखेर अन्य एसेसोरिज पनि थप्न सकिने कम्पनीले जनाएको छ ।

आधुनिक ड्यासबोर्ड रहेको स्कुल भ्यानमा हरेक सिटमा एसी भेन्ट र सिट बेल्ट रहेको छ । भ्यानमा आरामदायी सेमि रिक्लाइनिङ सिट रहेका र सुरक्षालाई ध्यानमा राख्दै एयर ब्याग पनि रहेको जनाइएको छ ।


प्रकाशित: Dec 09, 2021| 13:05 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्