काठमाडौं– हुन्डाई अटोमोबाइलको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको नयाँ इलेक्ट्रिक कोना नेपालमा लन्च गरेको छ। नयाँ इलेक्ट्रिक कोना फेसलिफ्टमा धेरै परिमार्जन भएर आएको जनाएको छ।
कोनाको इन्टेरियर तथा एक्टेरियरमा धेरैवटा अपग्रेड ग्राहकले पाउन सक्ने कम्पनीले जनाएको छ । नयाँ कोनाको ड्राइभिङ रेन्ज बढेको र नयाँ सुरक्षा फिचर र एड्भान्स कनेक्टिभिटि फिचर थप भएर आएको जनाएइको छ । साथै स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटिभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राइभ वाइ वायर सिस्टम तथा क्लाइमेट प्रि–सेटिङ, जस्ता आधुनिक सुरक्षा फिचर दिइएको लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ ।
नयाँ कोना इलेक्ट्रिकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने दाबी गरिएको छ । यसमा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर व्याट्री रहेको र यसले हाइ इनर्जि डेन्सिटि रहन गई रेन्जसमेत बढ्ने जनाएको छ ।
इभीको लागि अनिवार्य चार्जिङ स्टेसनलाई पनि लक्ष्मी इन्टरकन्टिनेन्टलले देशभर विस्तार गर्दै आएको जनाएको छ । हाल नेपालको विभिन्न ३६ स्थानमा चार्जिङ स्टेशन स्थापना भइसकेको र यसै वर्षभित्र ५० चार्जिङ स्टेशन स्थापना गर्ने लक्ष्य लिएको जनाएको छ ।