काठमाडौं– सानिमा बैंकको १७ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।
बैंकले सामुदायिक सेवा केन्द्र–नारायणचौर, नक्साल, ब्लड डोनर एसोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ ।
बैंकको मुख्य कार्यालय अगाडि रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयवासी, प्रहरी तथा बैंकका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । २०७८ मंसिर २१ आज बिहान ९ बजेदेखि सुरु भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सम्पूर्ण रक्तदाताहरूलाई धन्यवाद व्यक्त गरे ।