शुक्रबार, असोज १६, २०८३

हेटौंडामा भाटभटेनीको २०औं शाखा

भाटभटेनी सुपरमार्केटस्ले हेटौंडामा आफ्नो २०औँ शाखाको उद्घाटन गरेको छ ।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

काठमाडौं– भाटभटेनी सुपरमार्केटस्ले हेटौंडामा आफ्नो २०औँ शाखाको उद्घाटन गरेको छ । बुधबार बिहान भाटभटेनी सुपरमार्केटस्का अध्यक्ष मीनबहादुर गुरुङले हेटौंडामा उद्घाटन गरेका हुन् ।

एक अर्ब ५० करोड बढी लागतमा २०औँ शाखाको निर्माण गरिएको गुरुङले जानकारी गराए । “हामीले यहाँ २५० जनालाई रोजगारी दिएका छौँ,” उनले भने, “सामाजिक उत्तरदायित्व अन्तर्गत पनि हामीले यहाँ काम गरेका छौँ ।”

उनका अनुसार हेटौंडाको बीपी चोकदेखि अघि करिब ८५ लाखको लागतमा सडक मर्मत गरिएको छ । भाटभटेनीले यसअघि १९ औँ शाखा इटहरीमा सञ्चालनमा ल्याइसकेको छ ।


प्रकाशित: Dec 09, 2021| 12:20 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्