शुक्रबार, असोज १६, २०८३

फर्वाड माइक्रोफाइनान्सले ४२ प्रतिशत लाभांश दिने

फर्वाड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

काठमाडौं–फर्वाड माइक्रोफाइनान्स लघुवित्त वित्तीय  संस्थाले लाभांश घोषणा गरेको छ । मंसिर २१ गते बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष  ०७७–०७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले  सेयरधनीलई  कूल ४२ प्रतिशत लाभांश वितरण गर्ने  भएको हो । जस अनुसार हाल  कायम चुक्ता पुँजीको  ३५ प्रतिशतको दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

लघुवित्तको  प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीमा  वितरण हुनेछ ।


प्रकाशित: Dec 09, 2021| 12:05 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्