शुक्रबार, असोज १६, २०८३

केएफसीको १३ औं शाखा हेटौंडामा

अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा तेह्रौँ शाखा बिस्तार गरेको छ ।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

काठमाडौं– अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा तेह्रौँ शाखा बिस्तार गरेको छ । हेटौँडा उपमहानगरपालिका वडा नं २, चौकीटोल स्थित भाटभटेनी डिपार्टमेन्टल स्टोरको प्राङ्गणमा खोलिएको केएफसी रेस्टुरेन्ट स्वादिष्ट चिकेन परिकारको उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ । 

यस आउटलेटमा केएफसीका बिभिन्न चिकेन परिकारलगायत बर्गर र अन्य परिकार पाइने जनाइएको छ । केएफसीले आफ्ना ग्राहकका लागी विभिन्न स्वादिष्ट परिकारहरुहरु उपलब्ध गराउँदै कोभिड १९ को रोकथामका लागी  विश्व स्तरिय सुरक्षा नीति समेत अवलम्बन गरको छ ।

जसका लागी ४ प्रकारका सुरक्षा मापदण्डहरु स्वच्छता, जाँच, सामाजिक दुरी र कन्ट्याटलेस सेवा जस्ता मापदण्डलाई अनिवार्य गरिएको कम्पनीले जनाएको छ। रेस्टुरेन्टले प्रत्येक ३० मिनेटमा आफ्ना टेबल, काउन्टर, ढोका र त्यसका ह्यान्डलहरु जस्ता सतहको सरसफाइ निर्मलीकरण गर्ने गर्दछ । 

प्रकाशित: Dec 09, 2021| 11:35 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्