काठमाडौं– आइएमई जनरल इन्स्योरेन्स र नेपाल पर्यटन बोर्डबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले हस्ताक्षर गरेका छन्।
सम्झौतापश्चात पर्यटन बोर्डका सम्पूर्ण कर्मचारीहरुको स्वास्थ्य तथा सामुहिक दुर्घटना बीमालगायत सम्पत्ति तथा सवारीसाधनसहित आवश्यक सम्पूर्ण निर्जीवन बीमा आइएमई जनरल इन्स्योरेन्सले प्रदान गर्नेछ ।