शुक्रबार, असोज १६, २०८३

२० औं वार्षिकोत्सव मनाउँदै मेटलाइफ

मेटलाइफ बीमा कम्पनीले नेपालमा स्थापनाको २०औं वार्षिकोत्सव मनाउँदै छ।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

काठमाडौं–  मेटलाइफ बीमा कम्पनीले नेपालमा स्थापनाको २०औं वार्षिकोत्सव मनाउँदै छ।

२०५८ साल मंसिर महिनामा पहिलोपटक नेपालमा कार्य सञ्चालन गरेदेखि नै मेटलाइफले थुप्रै बिमा सेवा तथा सुविधाहरुको शुरुवात गरेको थियो। प्रतिभा विकासमा टेवा, तथा देशभर छरिएका धेरै मानिसहरुलाई लघुबित्त मार्फत वित्तीय सुरक्षाबाट लाभान्वित गराई नेपालमा बीमा क्षेत्रको विकास र उन्नतीमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको कम्पनीले जनाएको छ । 

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले नेपालमा मेटलाइफको २०औं सफल वार्षिकोत्सव मनाइरहँदा आफ्नो जीवनको हिस्सा बनाउने कम्पनीका ग्राहकप्रति कृतज्ञता व्यक्त गरे ।

विगत २० वर्षमा मेटलाइफ नेपालले २५० करोड बढीको दाबी भुक्तानी, ४० हजार बढीलाई रोजगार तथा तालिमका अवसर, दुई हजार करोडको जीवन बीमा कोष तथा २७४ करोडको जगेडा कोष रहेको छ । मेटलाइफले नेपालमा १४ लाखभन्दा बढी ग्राहकलाई जीवन बिमा सुरक्षण प्रदान गरिरहेको पनि जनाएको छ । 

प्रकाशित: Dec 09, 2021| 10:50 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्