शुक्रबार, असोज १६, २०८३

९० प्रतिशत पुनर्निर्माणको काम सकियो : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले भूकम्पपछिको पुनर्निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको बताएका छन्।
 |  बुधबार, मंसिर २२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २२, २०७८

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले भूकम्पपछिको पुनर्निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको बताएका छन्। भूकम्पपछिको पुर्ननिर्माणको अनुभव तथा प्रगति अन्तर्राष्ट्रिय समुदायमा पुर्‍याउन राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले आयोजना गरेको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्। 

विभिन्न दातृ निकायको सहयोग र राजनैतिक दलको संकल्प, सरकारको जिम्मेवारी र पुनर्निर्माणमा खटेको जनशक्तिको लगनशिलताको कारणले पुनर्निर्माणको कार्यले मूर्तरुप लिएको बताएका थिए। उनले पुनर्निर्माणको अभियानमा सहयोग गर्नुहुने सबै मित्र राष्ट्रहरु तथा विकास साझेदार निकायलगायत अन्तर्राष्ट्रिय संघ संस्था, पुनर्निर्माणमा प्रत्यक्ष प्रत्यक्ष रुपमा सहयोग गर्नेहरुलाई धन्यवाद व्यक्त गरेका थिए। 

'भूकम्पपछिको पुनर्निर्माण ९० प्रतिशत सम्पन्न गर्नुमा पुनर्निर्माण प्राधिरकण, नेपाल सरकार, दातृ निकायको प्रमुख भूकिका रहेको छ। भूकम्पपछिको सफल पुननिर्माण कार्यले भूकम्पबाट क्षतिग्रस्त संरचनाको निर्माण मात्र नभएर निर्णय क्षमता र प्रविधि क्षेत्रको ज्ञानसमेत विकसित भएको छ,' मन्त्री शर्माले भने, 'भूकम्पपछिको प्रतिकूल परिस्थितिमा संविधान निर्माणले पूर्णता समेत पूर्णता पायो। साथै अहिले  भौतिक संरचना पुननिर्माण समेत सन्तोषजनक रुपमा काम भएको छ। पुर्ननिर्माण प्राधिकरणका सिईओ, कर्मचारी, भूकम्पका क्रममा दुर्गमस्थानमा गएर सहयोग गर्ने सबै इन्जिनियर तथा प्राविधिक धन्यवादका पात्र हुन्। दातृ निकाय तथा संघ संस्था र मित्र राष्ट्रहरुको सहयोग अत्यन्तै महत्वपूर्ण हुने कुरा पुष्टि गरेको छ।’

अर्थमन्त्री शर्माले पुनर्निर्माणका बाँकी कामहरुलाई चालु आर्थिक वर्षभित्र सम्पन्न गरी सक्ने बताए। चालु आर्थिक वर्षभित्र सक्नको लागि शहरी विकास मन्त्रालयलाई जिम्मा दिएको उनको भनाइ छ। 

त्यस्तै, विपद् व्यवस्थापनसम्बन्धी कामहरु गर्न विपद् व्यवस्थापन प्राधिकरणले गर्ने र अन्य बाँकी कामहरु सरकारले नियमित कार्यक्रममा राखेर सम्पन्न गर्ने उनको भनाइ छ। मन्त्री शर्माले ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरूको पुननिर्माणले मुलुकको विभिन्न ऐतिहासिक मठमन्दिर, धरहरा, रानीपोखरी, दरबार हाइस्कुल जस्ता गौरवपूर्ण सांस्कृतिक सम्पदाको पुननिर्माण भएको बताए।

प्रकाशित: Dec 08, 2021| 16:56 बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्