काठमाडौं- सरकारले उद्योग विभागको महानिर्देशकमा रामचन्द्र तिवारीलाई नियुक्त गरेको छ। खुल्ला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकालेर मन्त्रालयमा पोस्टिङ भएका तिवारीलाई विभागको जिम्मेवारी दिइएको हो।
सह–सचिवमा नियुक्त भएको एक महिनामै तिवारीले विभागमा पुगेका हुन्। तिवारीले विभागमा काम सुरु गरिसकेका छन्।
विभागका महानिर्देशक जीवलाल भुसालको सरुवा भएपछि तिवारीलाई विभाग पठाएको हो।