काठमाडौं- राजस्व अनुसन्धान विभागले यादव बिजनेस ट्रेड लिंकका ५ जनाविरुद्ध करिब साढे २४ करोड रुपैयाँ र ३ वर्ष कैद सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको छ। १२ करोड २० लाख राजस्व छली गरेको आरोपमा सोही बराबरको थप सजाय माग गर्दै पाटन उच्च अदालतमा विभागले मुद्दा दायर गरेको हो।
जयकिशोर साह, परमेश्वर साह, मुकेशकुमार झा, सानुकुमार श्रेष्ठ र सोनालालाई विभागले प्रतिवादी बनाएको छ। उनीहरूले मूल्य अभिवृद्धि कर र आयकर समेत छली गरेको आरोप लगाइएको छ।
लिंकले ४ करोड ३१ लाख १९ हजार २६ रुपैयाँ मूअकर र आयकर तर्फ ७ करोड ८९ लाख ४२ हजार २०७ कर छली गरेको आरोप विभागले लगाएको छ। यादव बिजनेश ट्रेड लिङ्क बारा जिल्ला, साविक उमजन गाविस-६ हाल करैया गाँउपालिका-७ को ठेगानामा दर्ता भएको कम्पनी हो।