आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कांग्रेस प्रदेश १ सभापतिमा उद्धव थापासँग गुरुराज घिमिरे दुई मतले पराजित

कांग्रेस प्रदेश १ सभापतिमा उद्धव थापासँग गुरुराज घिमिरे दुई मतले पराजित

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा प्रदेश १ सभापतिमा झापाका उद्धव थापा निर्वाचित भएका छन्। संस्थापन (देउवा‒सिटौला) समूहका थापाले संस्थापन इतर (पौडेल‒कोइराला) समूहका नेता गुरुराज घिमिरेलाई २ मत अन्तरले पराजित गरेका छन् ।
 |  सोमबार, मंसिर २०, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

सोमबार, मंसिर २०, २०७८

विराटनगर‒ नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा प्रदेश १ सभापतिमा झापाका उद्धव थापा निर्वाचित भएका छन्। संस्थापन (देउवा‒सिटौला) समूहका थापाले संस्थापन इतर (पौडेल‒कोइराला) समूहका नेता गुरुराज घिमिरेलाई २ मत अन्तरले पराजित गरेका छन् ।

National life

सोमबार बिहान सम्पन्न अन्तिम मत परिणाम अनुसार थापाले ८४४ मत प्राप्त गरे भने घिमिरेले ८४२ मत ल्याए । 

सभापति सहित नौ जना प्रदेश पदाधिकारीमा दुई जना संस्थापन इतर समूहका छन्। महामन्त्री उमेश थापा र सहमहामन्त्री रोहितकुमार साहबाहेक संस्थापन‒सिटौला समूहकै नेताहरू निर्वाचित भएका छन्।

प्रदेश सभापतिमा संस्थापन समूहले जितेसँगै केन्द्रीय सभापतिमा दाबी गर्दै आएका डा. शेखर कोइरालालाई झड्का लागेको छ। जिल्ला सभापतिहरूमा संस्थापन समूहको शक्तिशाली उपस्थिति सहित प्रदेशमा संस्थापन समूहको पदाधिकारीमा वर्चश्व देखिनुले डा. कोइरालालाई अप्ठ्यारोमा परेका छन्। 

आफ्नै गृह नगरमा भएको प्रदेश अधिवेशनमा डा. कोइरालालाई झड्का लागेको कांग्रेस नेताहरू बताउँछन्। उनलाई संस्थापन समूहले जिल्ला अधिवेशनदेखि नै घेराबन्दी गर्दै आएको थियो। 

Laxmi sunrise bank
kumari

उपसभापतिमा संस्थापन‒सिटौला समूहका रमेशजंग रायमाझीले ८९० र टंकप्रसाद राईले ८ सय ४७ मत ल्याएर  निर्वाचित भएका छन्। 

महामन्त्रीमा भूपेन्द्र राई ८ सय २४ र उमेश थापा ८ सय २३ मत ल्याएर विजयी भएका छन्। सहमहामन्त्री महिलामा प्रमीला गच्छदारले ८ सय ३७ मत ल्याएर विजयी भएकी छन्। खुल्लातर्फ सहमहामन्त्रीमा खड्ग फागोले १ हजार  २६,  विनोदकुमार बस्नेत ७ सय ४७ र रोहितकुमार शाहले ६ सय ६५मत ल्याएर विजयी भएका छन्। 

शनिबार भएको मतदानमा १ हजार ८०४ मतदाता रहेकोमा १ हजार ७५२ मत खसेको निर्वाचन समितिले जनाएको छ। 

९ जना प्रदेश पदाधिकारी सहित १४ जिल्लाबाट महिला १४ र खुल्ला १४ सदस्य, प्रत्येक निर्वाचन क्षेत्रबाट ६ महिला र १३ खुला सदस्य, खसआर्यबाट महिला ७ र खुला ५, जनजातिमा महिला ७ र खुला ८, मधेसी महिला एक र खुला एक, दलित महिला एक र खुला दुई, थारु तर्फ महिला एक र खुला एक, मुस्लिममा खुला एक, अल्पसंख्यक र अपांगमा एक सदस्य पदका लागि निर्वाचित हुने बताइएको छ। 

को हुन थापा?

वि.सं. २०३४ सालतिर काठमाडौंको शंकरदेव क्याम्पसबाट नेविसंघको इकाईबाट राजनीतिक जीवन सुरु गरेका थापा २०३५ सालको जनमत संग्रहमा निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध बहुदलीय व्यवस्था स्थापनका लागि बहुदलको प्रचार अभियानमा सक्रिय थिए। उनले बिपी कोइरालाको सुरक्षा दस्तामा समेत रहेर काम गरेका थिए। 

कांग्रेसको झापा अर्जुनधारा गाउँसमितिको सचिव∕सभापतिको हुँदै उनले झापा क्षेत्र नम्बर  २ को क्षेत्रीय सभापति, जिल्ला सचिव, जिल्ला उपसभापति र दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी पुरा गरिसकेका छन्। 

वाणिज्य शास्त्रमा स्नातक गरेका थापा थापा ज्ञानेन्द्र शाहको शाहीकालमा सेनाको युनिफाइड कमान्डद्वारा पक्राउ परी चारआली ब्यारेकमा बंकरमा थुनिएका थिए। प्रदेशमा कांग्रेसको भूमिका अझ स्पष्ट रूपमा अघि बढाउन र लोकतान्त्रिक सक्तिबीच सन्तुलन कायम गरी संघीय गणतन्त्र संस्थागत गर्न आफूले अझ भूमिका निर्वाह गर्ने उनले बताए।

प्रकाशित: Dec 06, 2021| 06:47 सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।