बुटवल- रुपन्देही प्रहरीले ट्रेडमार्क सहितको भन्सार छली ल्याएको १८ लाख मूल्य बराबरकबो सामान बरामद गरेको छ।
ट्रेडमार्कसहितको अवैध जुत्ता बरामद गरी बोलेरो जीपमा ल्याएको अवस्थामा बुटवल-२ तिनाउ पुलबाट आइतबार बिहान नियन्त्रणमा लिएको रुपन्देही प्रहरीले जनाएको छ।
रुपन्देही सैनामैना नगरपालिका-४ मुर्गिया बस्ने वर्ष ३२ को विष्णु थारुले कपिलवस्तुबाट बुटवलतर्फ लु १ च ८२१३ नं.को बोलेरो जिपमा सामान ल्याउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले बताए।
एयर, बाटा र स्पोट्स ब्रान्डका २५ कार्टुन ७ सय ५० जोर जुत्ता बरामद गरेको उनले बताए। चालक थारुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले बताएको छ।
बरामद सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बेलहिया रुपन्देही पठाइएको प्रहरी प्रवक्ता पौडेलले बताए।