काठमाडौ- साताको पहिलो कारोबार दिन आइतबार पुँजीबजार सूचक नेप्से ७२.३ अंकले घटेको छ। आइतबार कारोबार बन्द हुँदा नेप्से २ हजार ५१३ अंकमा आइपुगेको हो।
पछिल्लो समय नेप्सेमा सूचकसँगै कारोबार रकम पनि घट्दै आएको छ। नेप्सेमा आइतबार ४ अर्ब ९० करोडको कारवबार भएको छ। आइतबरा कुल २२६ कम्पनीको ८९ लाख २० हजार ८९४ कित्ता सेयर ६० हजार ८८ पटक किनबेच भएका थिए।
नेप्सेसँगै सबै उपसूचक पनि ओरालो लागेका छन् सबभन्दा बढी फाइनान्स कम्पनीको उपसूचक साढे ४ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।
न्यादी कम्पनीको सेयर मूल्य भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लगेको छ। आइसीएफसी फाइनान्स कम्पनी र सबैको लघुवित्त कम्पनीको सेयर मूल्य भने ८ प्रतिशतभन्दा बढीले घटेको छ।