बुटवल- नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको सभापतिमा अमरसिहं पुनले अग्रता लिएका छन्। निर्वाचन समितीका सदस्य जीव नारायण अधिकारीका अनुसार २६५ मत गणना गर्दा पुनले १५७ मत प्राप्त गरेका छन्।
सभापतिका अर्का प्रत्यासी भरत कुमार शाहले १०४ मत प्राप्त गरेका छन भने ४ मत बदर भएको अधिकारीले बताए। पुन रामचन्द्र पौडेल समूहका हुन भने शाह शेरबहादुर देउवा समूहका हुन।