बिहीबार, भदौ ४, २०८३

बागमतीमा बानियाँलाई सघाउने भीमसेनदासको घोषणा

बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँलाई सघाउने भीमसेनदास प्रधानले घोषणा गरेका छन्।
 |  आइतबार, मंसिर १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

काठमाडौं– बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँलाई सघाउने भीमसेनदास प्रधानले घोषणा गरेका छन्। पहिलो चरणको निर्वाचनमा तेस्रो बनेका प्रधानले देउवा पक्षीय उम्मेदवार बानियाँलाई सघाउने घोषणा गरेका हुन्। 

शनिबार भएको पहिलो चरणको निर्वाचनमा बानियाँले सबैभन्दा बढी ९९२ मत ल्याएका थिए। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदीश्वर नरसिंह केसीले ८७२ र सिटौला पक्षका प्रधानले १९७ मत पाएका थिए। तीन उम्मेदवार मध्ये कसैले पनि ५१ प्रतिशत मत कटाउन नसकेपछि आज पहिलो र दोस्रो हुनेको बीचमा प्रतिस्पर्धा हुँदैछ। केही बेरमा दोस्रो चरणको मतदान सुरु हुँदैछ।

मतदान सुरु हुनुअघि प्रधानले पत्रकार सम्मेलन गरेर बानियाँलाई सघाउने बताएका हुन्। ‘पहिलो चरणमा पहिलो भोट ल्याएर उहाँले जितिसक्नुभएको छ। दोस्रो चरणमा उहाँलाई मतदान गर्दा न्याय हुनेछ। सबै साथीहरुलाई उहाँका पक्षमा मतदान गर्न अनुरोध गर्दछु,’ उनले भने।

कांग्रेसको विधानमा सभापतिमा कुल खसेको मतको ५१ प्रतिशत मत ल्याएमात्र विजयी हुने प्रावधान छ। ५१ प्रतिशत मत नपुगे बढी मत ल्याएका दुई जनाबीच पुनः प्रतिस्पर्धा गर्ने व्यवस्था छ।


प्रकाशित: Dec 05, 2021| 11:44 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...