बिहीबार, भदौ ४, २०८३

राप्रपा अध्यक्ष लिङ्देनलाई कांग्रेस उपसभापति निधिको बधाई

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई दिएका छन्।
 |  आइतबार, मंसिर १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई दिएका छन्।

आइतबार विज्ञप्ति जारी गर्दै उपसभापति निधिले राप्रपाको यो महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाँमा पुस्ता हस्तान्तरणको प्रक्रिया प्रारम्भ भएको सन्देश दिएको बताएका छन्। निधिले भनेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणाली र त्यस प्रणालीमार्फत जारी भएको नेपालको संविधानको सफल कार्यान्वयनमा उहाँको नेतृत्वको राप्रपाले सहयोग पुर्याउनेछ भन्ने मैले विश्वासका साथ सफल कार्यकालको कामना गर्दछु।’ 

शनिबार भएको निर्वाचनबाट राप्रपाको अध्यक्षमा लिङ्देन विजयी भएका हुन्। अध्यक्षका अर्का प्रत्यासी कमल थापालाई २२७ मतान्तरले पराजित गर्दै लिङ्देन राप्रपाको अध्यक्ष बनेका हुन्। लिङ्देन १८४४ मतका साथ विजयी भए भने थापाले १६१७ मत पाए।







प्रकाशित: Dec 05, 2021| 10:57 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...