काठमाडौं- राप्रपाकाे एकता महाधिवेशनमा कमल थापा पराजित भए पनि उनका परिवारका दुई जना सदस्य भने केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
अध्यक्ष थापाकी कान्छी छोरी प्रतिष्ठा थापा र भतिजा अभिषेक थापा केन्द्रीय समिति सदस्यमा विजयी भएका हुन्। छोरी प्रतिष्ठाले १ हजार ५३० मत ल्याउँदा भतिजा अभिषेक १ हजार ३२७ मत ल्याएर विजयी भए।