बिहीबार, भदौ ४, २०८३

राजेन्द्र लिङ्देनलाई कमल थापाको बधाई

नयाँ कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा लिङ्देनले अध्यक्षका अर्का प्रत्यासी कमल थापालाई पराजित गरेका थिए। लिङ्देनको जितसँगै थापाले बधाई दिएका हुन्।
 |  आइतबार, मंसिर १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा विजयी भएका राजेन्द्र लिङ्देनलाई कमल थापाले बधाई दिएका छन्।

नयाँ कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा लिङ्देनले अध्यक्षका अर्का प्रत्यासी कमल थापालाई पराजित गरेका थिए। लिङ्देनको जितसँगै थापाले बधाई दिएका हुन्।

पराजित थापाले नवनिर्वाचित अध्यक्ष  लिङदेनलाई वधाई तथा शुभकामना दिँदै पराजय सहर्ष स्वीकार गर्ने बताएका छन्। ‘ प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना।  प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु, ’ थापाले ट्वीट गरेका छन्।

मतदानमा लिङ्देनले १८४४ मत प्राप्त गरेका थिए भने थापाले १६१७ मत प्राप्त गरेका थिए। ४१३ मत बदर भएको थियो।

प्रकाशित: Dec 05, 2021| 09:27 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...