बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सुदूरपश्चिम प्रदेश अधिवेशन : ५०५ मतगणना हुँदा संस्थापन पक्षको अग्रता

सुदूरपश्चिम प्रदेश अधिवेशन : ५०५ मतगणना हुँदा संस्थापन पक्षको अग्रता

नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनअन्तर्गत ५०५ मत गणना हुँदा संस्थापन पक्षका सभापति वीरबहादुर बलायरको अग्रता छ। बलायरले ३४२ मत पाउँदा इतर पक्षका सभापति नारायणदत्त मिश्रको १४९ मत रहेको छ।
 |  आइतबार, मंसिर १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

धनगढी- नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनअन्तर्गत ५०५ मत गणना हुँदा संस्थापन पक्षका सभापति वीरबहादुर बलायरको अग्रता छ। बलायरले ३४२ मत पाउँदा इतर पक्षका सभापति नारायणदत्त मिश्रको १४९ मत रहेको छ। 

उप-सभापतिमा संस्थापन पक्षका जनकराज चौधरीले ३०२ र लोकराज अवस्थीले २७७ मत पाउदा इतर पक्षका गोपालसिंह गुरुङ र मानबहादुर रावलले क्रमसः १३४ र १२७ मत पाएका छन्। 

महामन्त्रीमा संस्थापन पक्षका नरनारायण शाह र मेघराज खड्काले ३२१ र ३२९ मत पाउँदा इतर पक्षका प्रताप गुर्धामी र रामबहादुर शाहीले १०९ र १६२ मत पाएका छन्। 

सह-महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउनेको अग्रता छ। उनीहरुले क्रमसः २८४, २७४ र ३४४ मत पाएका छन्।

प्रकाशित: Dec 05, 2021| 06:40 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...