बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस कर्णाली प्रदेशको सभापतिमा देउवा समूहका ललितजंग शाही विजयी

कांग्रेस कर्णाली प्रदेशको सभापतिमा देउवा समूहका ललितजंग शाही विजयी

प्रतिद्वन्दी भूपेन्द्रजंग शाहीलाई १०५ मतको अन्तरले पछि पार्दै ललितजंग प्रदेश सभापतिमा विजयी भएका हुन्।
 |  आइतबार, मंसिर १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

सुर्खेत- नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा संस्थापन समूहका ललितजंग शाही विजय भएका छन्। प्रतिद्वन्दी भूपेन्द्रजंग शाहीलाई १०५ मतको अन्तरले पछि पार्दै ललितजंग प्रदेश सभापतिमा विजयी भएका हुन्। 

ललितजंगले ४२२ मत प्राप्तगरी विजयी हुँदा उनका प्रतिद्वन्दी भुपेन्द्रजंगले ३१७ मत मात्रै प्राप्त गरे। कुल खसेको ७५४ मतमध्ये ८ मत बदर भएको छ।

त्यस्तै सभापतिकै अर्का उम्मेद्वार मोतीराज बलमे ७ मत मात्रै प्राप्त गरे। भूपेन्द्रजंग संस्थापन इतर (रामचन्द्र पौडेल) र मोतीराज विमलेन्द्र निधी समूहबाट उम्मेद्वार बनेका थिए। अन्य पदाधिकारी र सदस्यहरुको मतगणना जारी छ। अन्य पदमा पनि संस्थापन समूह नै अगाडि छ।

प्रकाशित: Dec 05, 2021| 06:29 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...