बिहीबार, भदौ ४, २०८३

लम्बियो राप्रपाको मतदान, राति १ बजेसम्म सकिने आँकलन

राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व चयनका लागि शनिबार अबेर गरी सुरु भएको मतदानको प्रक्रिया अझै लम्बिने भएको छ। शनिबार साँझ ७ बजेसम्म करिब ३१ सय मत खसेको निर्वाचन समितिका सदस्य श्याम शाहीले जानकारी दिएका छन्।
 |  शनिबार, मंसिर १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १८, २०७८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व चयनका लागि शनिबार अबेर गरी सुरु भएको मतदानको प्रक्रिया अझै लम्बिने भएको छ। शनिबार साँझ ७ बजेसम्म करिब ३१ सय मत खसेको निर्वाचन समितिका सदस्य श्याम शाहीले जानकारी दिएका छन्।

सबै मतदान सकिन अझै कम्तिमा पनि ६ घण्टा लाग्‍ने उनको आँकलन छ। उनका अनुसार राति १ बजेसम्म मतदान सकिने छ। 

राप्रपाको नयाँ नेतृत्व चयनका लागि कुल मतदाता ४ हजार ४६९ रहेका छन्। 

यसअघि संख्या धेरै भएपनि दावी विरोधपछि निर्वाचन समितिले मतदानको अधिकार पाउने मतदाताको संख्या घटाएको थियो। 

राप्रपाको निर्वाचन प्रक्रियामा २६४ उम्मेदवार रहेका छन् भने नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन चुनावी दौडमा रहेका छन्।

प्रकाशित: Dec 04, 2021| 20:10 शनिबार, मंसिर १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...