बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कमल थापालाई रेखाको प्रश्‍न - एउटै नेत्रीलाई प्रियतम् बनाउँदा अरुले सहेर बस्छन्?

कमल थापालाई रेखाको प्रश्‍न - एउटै नेत्रीलाई प्रियतम् बनाउँदा अरुले सहेर बस्छन्?

राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री उम्मेदवार रेखा थापाले अर्को समूहबाट अध्यक्षमा प्रतिस्पर्धा गरिरहेका कमल थापाको आलोचना गरेकी छन्।
 |  शनिबार, मंसिर १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १८, २०७८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री उम्मेदवार रेखा थापाले अर्को समूहबाट अध्यक्षमा प्रतिस्पर्धा गरिरहेका कमल थापाको आलोचना गरेकी छन्। 

रेखा थापा राजेन्द्र लिङ्देनको प्यानलबाट पार्टीको महामन्त्री पदमा प्रतिस्पर्धा गरिरहेकी छन्। भृकुटीमण्डपमा शनिबार भइरहेको मतदानका क्रममा पत्रकारहरुसँगको कुराकानीमा अभिनेत्रीसमेत रहेकी रेखाले अध्यक्षका लागि कुनै एक नेत्रीमात्रै प्रियतम् हुन्छ भने अरु नेत्रीहरुले सहेर बस्‍ने अवस्था नहुने बताएकी हुन्। 

अध्यक्षका उम्मेदवार थापाले एक जना महिलालाई मात्र आफ्नो प्यारो बनाएर अन्य महिलालाई अवहेलना गरिरहेको उनको आरोप छ। उनले प्रश्‍न गरिन्, 'म पनि उहाँकै पार्टीको नेत्री हो नि! भनेपछि अरू नेत्री महिलाचाहिँ उहाँको कोही पनि होइन, सिरिप एउटै नेत्री मात्रै उहाँका लागि प्रियतम, प्रियसी, प्रिय पात्र हुन्छ भने अरू नेत्रीहरूले सहेर बस्छन्?'

अभिनेत्री थापाले कमल थापा कन्जरभेटिभ भएकोले गर्दा नै पार्टी जिर्ण र कमजोर भएको उनको आरोप छ। उनले थपिन्, 'कमल थापाको हतोत्साही मनस्थिति र उहाँ कतिसम्मको कन्जरभेटिभ, र उहाँ कतिसम्मको आफैं खाउँ आफैं लाउँ, र एउटा हुन्छ नि शासकीय प्रवृत्तिबाट अघि बढ्नुभएको नेता भन्ने कुरा यहीँबाट बुझियो। किन आज पार्टी कोल्याप्स भयो, आज पार्टी किन जीर्ण अवस्थामा छ, ३३ सिट २२ सिट हुँदै एक सिटमा मात्रै किन झर्यो?'

उनले आफ्नो पक्षका उम्मेदवार लिङ्देनको पछाडि जनलहर रहेकोसमेत दाबी गरेकी छद्द्। उनले भनिन्, 'राजेन्द्र लिङ्देनको पक्षमा मात्रै किन जनलहर भयो जनमत किन भयो, एउटा मात्रै सिट किन भयो, उहाँको यही प्रवृत्तिले गर्दा हो। कोही पनि मान्छे अगाडि नबढ्ने? कमल थापाको नेता र कार्यकर्ता त म पनि हो नि! अनि हामीलाई सिन्डिकेट लगाउने? अरूलाई सिन्डिकेट लगाउने? र, एउटा युवा नेतृत्व अगाडि बढ्छु भनिरहँदाखेरि त उहाँले आशीर्वाद दिनुपर्ने हो नि दुई-दुईवटा नेताहरूले त्याग्‍नु भो त? उहाँले चाहिँ के-का लागि कब्जा गर्नुपर्ने हो?'

प्रकाशित: Dec 04, 2021| 17:11 शनिबार, मंसिर १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...