बिहीबार, भदौ ४, २०८३

राप्रपा महाधिवेशन : १५ सय मत खस्यो, मतदान सकिन अझै आठ घण्टा लाग्ने

निर्धारित समयभन्दा दुई घण्टा ढिलापछि सुरु भएको मतदान अझै जारी छ। राप्रपाको महाधिवेशन उद्घाटन बिहीबार भएको थियो।
 |  शनिबार, मंसिर १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १८, २०७८

काठमाडौं-  नयाँ नेतृत्व चयनका लागि काठमाडौंमा जारी राप्रपाको एकता महाधिवेशनमा १५ सय मत खसेको छ। निर्धारित समयभन्दा दुई घण्टा ढिलापछि सुरु भएको मतदान अझै जारी छ। राप्रपाको महाधिवेशन उद्घाटन बिहीबार भएको थियो। 

निर्वाचन समितिका निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार मतदान सकिँन कम्तीमा पनि राति ११ बज्ने छ। महाधिवेशनमा सहभागी हुन देशभरबाट प्रतिनिधिहरू काठमाडौंमा भेला भएका छन्।

महाधिवेशनमा प्रदेश १ बाट दुई सय ५६ जना, प्रदेश २ बाट एक सय ७० जना, बागमती प्रदेशबाट दुई सय ४५ जना,  गण्डकी प्रदेशबाट दुई सय ५० जना, लुम्बीनी प्रदेशबाट पाँच सय जना, कर्णाली प्रदेशबाट एक सय ९७ जना र सूदुरपश्चिम प्रदेशबाट एक सय ७५ जना प्रतिनिधि सहभागी छन्।

कुल १७९३ जना प्रतिनिधिध रहेका छन्। निर्वाचनमा   राप्रपाका निवर्तमान अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देलले अध्यक्षमा उम्मेदवारी दिएका छन्।  

निर्वाचन अधिकृतअनुसार अहिले एक सय ८६ मेसिन बुथबाट एकै पटक ८६ जनाले एकै पटक मतदान गरिरहेका छन्। एक जनालाई मतदान गर्न १५ मिनेटभन्दा बढीमा लागिरहेको छ।

प्रकाशित: Dec 04, 2021| 15:20 शनिबार, मंसिर १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...