शुक्रबार, असोज १६, २०८३

सुनको मूल्य तोलामा २०० ले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएकोमा शुक्रबार २०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको हो।
 |  शुक्रबार, मंसिर १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १७, २०७८

काठमाडौं- साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएकोमा शुक्रबार २०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको हो।

शुक्रबार छापावाल सुनप्रति १० ग्राम ७८ हजार २७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७७ हजार ८४५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ। 

शुक्रबार चाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार १९० रुपैयाँ कायम भएको छ।  बिहीबार पनि चाँदीको सोही मूल्य कायम भएको थियो। त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार २० पैसा कायम भएको महसंघले जनाएको छ।

प्रकाशित: Dec 03, 2021| 11:14 शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्