शुक्रबार, असोज १६, २०८३

विदेशी मुद्राको आजको विनिमय दर यस्तो छ

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७० पैसा र बिक्री दर १२० रुपैयाँ ३० पैसा कायम गरेको छ।
 |  शुक्रबार, मंसिर १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १७, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७० पैसा र बिक्री दर १२० रुपैयाँ ३० पैसा कायम गरेको छ। 

युरोपियन युरो शुक्रबार एकको खरिद दर १३५ रुपैयाँ ९७ पैसा र बिक्री दर १३६ रुपैयाँ २५ पैसा रहेको छ। युके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ५० पैसा र बिक्री दर १६० रुपैयाँ ३० पैसा रहेको छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ०५ पैसा र बिक्री दर १३० रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ११ पैसा र बिक्री दर ८५ रुपैयाँ ५४ पैसा रहेको छ। शुक्रबार क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ११ पैसा रहेको छ। 

जापानी येन शुक्रबार १० को खरिद दर नेपाली १० रुपैयाँ ५८ पैसा र बिक्री दर १० रुपैयाँ ६३ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७८ पैसा र बिक्री दर १८ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

शुक्रबार साउदी अरबियन रियाल शुक्रबार एकको खरिद दर ३१ रुपैयाँ ९१ पैसा र बिक्री दर ३२ रुपैयाँ ०७ पैसा रहेको छ भने कतारी रियाल शुक्रबार एकको खरिद दर ३२ रुपैयाँ ८८ पैसा र बिक्री दर ३३ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक सूचीमा उल्लेख छ। त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४४ पैसा रहेको छ।  

प्रकाशित: Dec 03, 2021| 09:57 शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्