काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका वडा न।५ स्थित शाखा कार्यालय थली विस्तार गरी कारोबार शुभारम्भ गरेको छ।
कागेश्वरी मनोहरा नगरपालिकका प्रमुख कृष्णहरि थापाले बिहीबार विधिवत रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन्। उक्त अवसरमा नगर प्रमुख थापाले कागेश्वरी मनोहरा नगरपालिकामा एक लाख तीन हजार जनसंख्या रहेको र नगर सबै दृष्टिकोणले सम्भावनायुक्त भएको बताए।
उनले सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकलाई सबैको सहयोग रहने बताए। बैंक सञ्चालक समितिका अध्यक्ष डा। बलराम पाठकले सेवाको आधारमा पनि रा।वा।बैंक एक नम्बरको बैंक हुने बताए।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले सबै खाले बैंकिङ्ग सेवा दिँदै आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताए। कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजाराम पुडासैनी, वडा नम्बर ४ का वडा अध्यक्ष भाइकाजी अधिकारी, नेपाल निर्माण सामाग्री ब्यापार संघ, काठमाडौंका अध्यक्ष अच्युतम कटुवालले शुभकामना मन्तब्य व्यक्त गरेका थिए। कार्यक्रममा शाखा प्रबन्धक कविराज भण्डारीले स्वागत मन्तब्य व्यक्त गरेका थिए।
बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २५६ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग रहेको छ।